पश्चिम नेपाल बस व्यवसायी संघ पूर्ण अटोमेशनमा, एप्लिकेशन तथा इसेवाबाट टिकट काट्न सकिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 03, 2017 | 07:42:01 PM मा प्रकाशित

laxmi  sunrise bank

पश्चिम नेपाल बस व्यवसायी संघले अनलाइन टिकेटिङ सुरु गरेको छ। यातायात क्षेत्रमा पनि प्रविधिको प्रयोग गरेर यात्रुवर्गलाई सहज र स्तरिय सेवा दिनको लागि अटोमेशन प्रणाली सुरु गरेको संघका अध्यक्ष दधि खरेलले जानकारी दिए। 

टिकेटिङका लागि अटोमेशन प्रणाली सुरु गरेसंगै पश्चिम नेपाल बस व्यवसायी संघ पूर्णरुपमा अटोमेसनमा जाने पहिलो यतायात सेवा बनेको छ। सर्वसाधारण यात्रुहरुहरुलाई सहज रुपमा घरमै बसि टिकट काट्न सहज होस् भने उदेश्यले संघले अनलाइन टिकेटिङ सुरु गरेको जनाएको छ।

यस संगै यात्रुहरुले पश्चिम नेपाल बस व्यवसायी संघबाट सञ्चालित सम्पूर्ण गाडिहरूको टिकट मोबाईल एप्लीकेशन तथा अनलाईनबाट काट्न सक्नेछन् । हाल पश्चिम नेपालका एसी, र डिलक्स् गाडिमा अनलाईन टिकट काट्न सकिने संघले जनाएको छ। 

यात्रुहरुले इसेवामार्फत् अथवा नजिकको इसेवा जोन, पोइन्ट लगायत साइबर, कम्युनिकेशनबाट टिकट काट्न सक्नेछन् । त्यस्तै संघको एप्लिकेशन “PNBBS”, www.westnepalbus.com, www.esewa.com.np, www.bussewa.com लगइन गरेर टिकट काट्न सकिने छ।


संघले काठमाडौमा रहेको दियालो टेक्नोलोजिज प्रालि सँगको सहकार्यमा कार्यलय सञ्चालन, लेखा, चलानी, अभिलेखन तथा बीमा लगायतका सबै कार्यहरूलाई अटोमेशनमा लगेको जनाएको छ। यससंगै यातायात क्षेत्रमा प्रविधिको अधिकतम प्रयोग गर्दै यात्रुहरुलाई छिटो, छरितो र पारदर्शी सेवा दिएर पश्चिम नेपाल व्यवसायी संघले सार्वजनिक यातायातले दिने सेवामा उत्कृष्ट अभ्यास थालेको छ।    


       


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved