त्रिभुवन विमानस्थलबाट ४० तोला सुनसहित दुईजना पक्राउ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 05, 2017 | 04:30:44 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ४० तोला सुनसहित दुई व्यक्ति पक्राउ परेका छन। कतार एयरवेजबाट विमानस्थल ओर्लिएका तनहुँ दुलेगौडाका मनिस रिमाल र नागरिक उडड्यन प्राधिकरणमा कार्यरत किशोरकुमार खत्रीलाई ४६६ ग्राम सुनसहित विमानस्थलको भन्सार कार्यालयले पक्राउ गरेको विमानस्थल कार्यालयको भन्सार प्रमुख नारायणप्रसाद सापकोटाले बताए।

रिमाल विमानस्थल उत्रिए लगत्तै उनले कतारबाट ल्याएको सुन नागरिक उडड्यन प्राधिकरणमा कार्यरत खत्रीको जिम्मा लगाएका थिए। त्यसपछि ‘वाक थ्रु’ जाँचका क्रममा दुवै जनालाई नियन्त्रणमा लिइएको हो।

विगत पाँच वर्षदेखि त्रिभुवन विमानस्थलको टावरमा कार्यरत खत्री आठौं तहका अधिकृत हुन्। भन्सारले रिमाल र खत्री दुवैलाई नियन्त्रणमा लिएको छ। बिजपाटीलाई प्राप्त जानकारी अनुसार पक्राउ परेका रिमाल र खत्री आज भन्सारस्थित प्रहरीको कस्टडीमा रहने र भोलिदेखि उनीहरुमाथि अनुसन्धान गरिने छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved