बारामा करिब ६ हजार मेट्रिक टन मुसुरो उत्पादन, उखु क्रसिङ आधा मात्रै

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 09, 2017 | 11:09:54 PM मा प्रकाशित

laxmi  sunrise bank

बारामा आव २०७३/0७४ मा पाँच हजार पाँच सय ९५ मेट्रिक टन मुसुरो उत्पादन भएको छ ।जिल्ला कृषि विकास कार्यालयका प्रमुख शिवरत्न साहका अनुसार कृषकले ११ हजार ६०० हेक्टरमा प्रतिहेक्टर ०.४८ मेट्रिक टनका दरले सो परिमाणमा मुसुरो उत्पादन भएको हो । गत वर्ष पाँच हजार पाँच सय ९६ मेट्रिक टन मुसुरो उत्पादन भएको थियो ।

यस्तै कृषकले एक हजार नौ सय १५ हेक्टरमा तोरीखेती गर्दा प्रतिहेक्टर १.१५ मेट्रिक टनका दरले दुई हजार दुई सय दुई मेट्रिक टन तोरी उत्पादन भएको छ । गत वर्षको तुलनामा ८५ मेट्रिक टन बढी उत्पादन भएको हो ।

आव २०७२÷७३ मा कृषकले एक हजार नौ सय २५ हेक्टरमा प्रतिहेक्टर १।१ मेट्रिक टनका दरले दुई हजार ११७ मट्रिक टन तोरी उत्पादन भएको थियो । जिल्लामा हाल मुसुरोको मूल्य प्रतिक्विन्टल रु आठ हजार तथा र तोरीको मूल्य प्रतिक्विन्टल रु छ हजार ५०० रहेको सो कार्यालयका योजना अधिकृत विकासकुमार साहले बताए।


उखु क्रसिङ आधा मात्रै

बाराको मनहर्वा–५ स्थित रिलायन्स सुगर एन्ड केमिकल उद्योगले यस वर्ष ५० प्रतिशत मात्र उखु क्रसिङ गरेको जनाएको छ ।उद्योगका प्रबन्धक राजेश पाण्डेका अनुसार आव २०७३÷७४ मा ३० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएकामा १६ लाख ६४ हजार ५७२ क्विन्टल मात्र उखु क्रसिङ गरेको बताए। कुल एक लाख ५३ हजार ४६७ क्विन्टल चिनी उत्पादन भएको उनले बताए।

बारा र पर्साका कृषकले लगाएको उखु रौतहट र सर्लाहीका सुगर मिल्सले समेत खरिद गर्ने गरेका कारण्ढा उखुको अभाव भएको पाण्डेले बताए। गत आवमा २५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएकामा १८ लाख १२ हजार तीन सय १३ क्विन्टल मात्र उखु क्रसिङ गरी कुल एक लाख ७५ हजार ६३९ क्विन्टल चिनी उत्पादन गरेको सो उद्योगले जनाएको छ । रासस

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved