तनहुँ जलविद्युत् प्रभावितलाई मुआब्जा वितरण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 10, 2017 | 01:21:25 PM मा प्रकाशित

laxmi  sunrise bank

तनहुँको व्यास नगरपालिका–५ पाटनमा निर्माण हुने १४४ मेगावाट क्षमताको तनहँु जलविद्युत् आयोजनाका प्रभावित बसिन्दालाई रु ३२ करोड ९५ लाख चारहजार ८७१ मुआब्जा वितरण गरिएको छ । १७० जना प्रभावितलाई सो रकम मुआब्जा वितरण गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय तनहुँकी लेखापाल राधिका गौतमले प्रभावित क्षेत्रका बासिन्दालाई मुआब्जा दिने काम भइरहेको बताउनुभयो । जग्गाको अवस्था हेरेर प्रतिरोपनी रु दुई लाखदेखि रु आठ लाखसम्म मुआब्जा दिइएको जानकारी उहाँले दिनुभयो ।

आयोजनाको बाँधस्थल साबिक काहुँ शिवपुर, जामुने, कोटदरबार, रिसिङ, रानीपोखरी, भिमादलगायत गाविसका बासिन्दालाई मुआब्जा उपलब्ध गराइएको बताइएको छ ।

त्यस क्षेत्रका बासिन्दाका लागि रु ६५ करोड ७० लाख मुआब्जा वितरण गरिने प्रजिअ फणिन्द्रमणि पोख्रेलले बताउनुभयो । आयोजनाले एक हजार २५० रोपनी जग्गाका धनीलाई मुआब्जा रकम वितरण गर्ने जनाएको छ ।

आयोजनाले ४ वर्षअघि झापुटारका प्रभावित क्षेत्रका बासिन्दालाई प्रतिआना रु एक लाखदेखि रु तीन लाखसम्म मुआब्जा दिएको थियो । त्यतिबेला आयोजनाले १३८ रोपनी जग्गा प्राप्त गर्दा रु ४२ करोड मुआब्जा वितरण गरेको जनाएको छ । रासस

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved