'कुलमानको कमाल': औद्योगिक क्षेत्रको उत्पादनमा ११ अंकको वृद्धि, आगामी बर्ष झनै राम्रो हुने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 17, 2017 | 05:46:22 PM मा प्रकाशित

laxmi  sunrise bank

गत बर्षको यस अवधिमा खराब अवस्था रहेको औधोगिक क्षेत्रको उत्पादनमा उल्लेख्य सुधार आएको छ। चालु आर्थिक बर्षको ९ महिनाको अवधि अर्थात चैतसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा औद्योगिक क्षेत्रको उत्पादनमा १०.९ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरेको छ। नाकाबन्दी र भूकम्पले प्रभावित भएको औधोगिक क्षेत्रको उत्पादनको वृद्धि दर गत बर्षको यस अवधिमा ऋणात्मक रहेको थियो। राष्ट्र बैंकका अनुसार गत बर्षको यस अवधीमा यस क्षेत्रको वृद्धिदर ६.३ प्रतिशतले ऋणात्मक रहेको थियो।

भूकम्प पश्चातको पुननिर्माण र खासगरी अत्यावश्यक इन्धन तथा कच्चा पदार्थको सहज आपूर्ति तथा विद्युत आपूर्तिमा आएको सुधारका कारण औद्योगिक क्षेत्रको उत्पादन वृद्धि हुने अनुमान गरिएको राष्ट्र बैंकको भनाई छ।

कुलमान घिसिङ बिद्युत प्राधिकरणको कार्यकारी प्रमुख बनि प्राधिकरणको नेतृत्त्व सम्हाले पश्चात औद्योगिक क्षेत्रले समेत ठुलो राहत पाएको छ। राष्ट्र बैंकको केन्द्रीय तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको राष्ट्रिय लेखाको तथ्याङ्कले औद्योगिक क्षेत्रको उत्पादन आगामी बर्ष झनै राम्रो हुने विवरण सार्वजनिक गरेको हो।

त्यस्तै केन्द्रीय तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको राष्ट्रिय लेखाको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा ६.९ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ।

यस अवधिमा अपेक्षा गरिएभन्दा राम्रो वर्षा, पूनर्निर्माणको कार्य तथा उर्जा आपूर्तिमा भएको सुधारका कारण लक्षितभन्दा वढि आर्थिक वृद्धिदर हासिल हुने देखिएको राष्ट्र बैंकले बताएको छ। यस आर्थिक बर्षमा कृषि क्षेत्रको वृद्धिदर ५.३ प्रतिशत रहने राष्ट्र बैंकको अनुमान छ। गत आर्थिक बर्षको यस अवधिमा यो क्षेत्रको वृद्धिदर ०.०३ प्रतिशत रहेको थियो। साथै चालू आर्थिक वर्ष सेवा क्षेत्र ६.९ प्रतिशतले वृद्धि भएको प्रारम्भिक अनुमान रहेको छ । गत वर्ष यस क्षेत्रको वृद्धिदर २.०६ प्रतिशत रहेको थियो। गत वर्ष कुल गार्हस्थ्य उत्पादनमा उपभोगको अनुपात ९६.२ प्रतिशत रहेको तुलनामा चालू आर्थिक वर्ष सो अनुपात घटी ८९.७ प्रतिशतमा कायम रहने राष्ट्र बैंकद्वारा जारी विवरणमा उल्लेख छ। कुल गार्हस्थ्य उत्पादनमा कुल गार्हस्थ्य बचतको अनुपात १०.३ प्रतिशत हुने र कुल राष्ट्रिय बचत अनुपात ४३.८ प्रतिशत पुग्ने अनुमान छ । अघिल्लो वर्ष कुल राष्ट्रिय बचत अनुपात ४०.० प्रतिशत रहेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved