नयाँ बिमा कम्पनीलाई लाइसेन्स बाड्ने सरकारको निर्णयप्रति पुर्व अर्थमन्त्री महराको आपत्ति, भने-बेथितिको जोखिम!

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 19, 2017 | 02:38:26 PM मा प्रकाशित

laxmi  sunrise bank

१० बिमा कम्पनीलाई लाइसेन्स दिने सरकारी निर्णयप्रति पुर्व अर्थमन्त्री रामशरण महतले कडा आपत्ति जनाएका छन। सामाजिक संजाल ट्वीटर मार्फत नेपाली कांग्रेसका नेता तथा पुर्व अर्थमन्त्री रामशरण महतले विस्तृत अध्ययन बिना नै बिमा कम्पनीलाई लाइसेन्स दिंदा बेतिथीको जोखिम बढ्ने बताएका हुन। 

सरकारले १० नयाँ जीवन बिमा कम्पनीलाई लाइसेन्स दिने निर्णय प्रति आश्चर्य प्रकट गर्दै डाक्टर महतले '१० नयाँ जीबन बीमा कम्पनीलाई लाइसेन्स रे! बीमाको वर्तमान अवस्था,बजारबिस्लेषण,नियमनक्षमता आदीको विस्तृत अध्ययन नभै निर्णय भएमा बेथितिको जोखिम!, लेखेर ट्वीट गरेका छन।

 

नयाँ कम्पनीलाई बिमा कम्पनीको लाइसेन्स दिन आतुर देखिएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्ण बहादुर महराले चीनबाट फर्किएको भोलिपल्टै  १० वटा कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेका हुन्। नयाँ बिमा कम्पनीलाई लाइसेन्स दिलाउन चीन जानु अघि हतारिएका अर्थमन्त्री महराले क्याबिनेट पुर्याएको फाइल मन्त्रिपरिषद्को निर्णय भए पुग्ने भन्दै फिर्ता गरिएको थियो। 

ड़ा महतले भने झैँ महराले नयाँ बिमा कम्पनीको आवश्यकता सम्बन्धमा न कुनै अध्ययन गरेको पाइएको छ न यसको औचित्य पुष्टि गर्न उनले आवश्यक ठानेका छन। हतारमा नयाँ बिमा कम्पनी संचालनमा ल्याउने महराको लबिङ पश्चात आएको निर्णय भित्र ठुलो आर्थिक चलखेल भएको आशंका अर्थविदले गरेका छन। 

त्यसो त हाल संचालनमा रहेका बिमा कम्पनीहरुको उचित व्यवस्थापन हुन् सकेको छैन भने भई रहेका अधिकांश बिमा कम्पनीहरु समेत शहर केन्द्रित बनेका छन। भएका जिबन बिमा कम्पनीको उचित व्यवस्थापन गर्न छोडेर नयाँ बिमा कम्पनी ल्याउने सरकारको यस निर्णयले ड़ा महतले भने झैँ बेथितिको जोखिम! बढाउने सम्भावना बढेको छ। 

हाल संचालनमा रहेका बिमा कम्पनीहरुमा दक्ष जनशक्तिको अभाब रहेको अवस्थामा नयाँ खुल्न लागेका बिमा कम्पनीहरुले बजार सिमित व्यक्तिलाई आफ्नो कम्पनीमा तान्न अहिले नै मोलतोल गर्न सुरु गरिसकेका छन।      

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved