जेठ १५ मै पूर्ण बजेट आउंछ :मन्त्री महरा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 22, 2017 | 04:51:36 PM मा प्रकाशित

laxmi  sunrise bank

उप प्रधानमन्त्री एवम अर्थमन्त्री कृष्ण बहादुर महराले जेठ १५ मै पूर्ण बजेट आउने स्पस्ट पारेका छन्  । विभिन्न दलका नेताहरुले बजेटबारे आ आफ्नै फरक फरक अभिव्यक्ति दिइरहेका बेला मन्त्री महराले पूर्ण बजेट आउने बताएका हुन्  

आर्थिक पत्रकार समाज (सेजन)ले आगामी आर्थिक वर्षको बजेटमा सुझाव दिने क्रममा सोमबार राजधानीमा आयोजित कार्यक्रममा महराले  पुनर्निर्माण र राष्ट्रिय गौरबका आयोजनालाई विशेष प्राथमिकतामा राखेर साथै प्रदेशको चुनावका लागि पनि रकम छुट्याइने गरी बजेट आउने बताए 

उनले निर्बाचन आचार संहिता आकर्षित हुने भएकाले बजेटमा कुनै पनि नयाँ कार्यक्रम समावेश नगरिने समेत प्रष्ट पारे  । उनले उच्च आर्थिक वृद्धि र आर्थिक स्थायीत्व हुने खालको बजेट आउने जानकरी दिए। 

ब्यबस्थापिका संसदमा भोली मंगलबारबाट बजेटको बिषयमा छलफल हुदै छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved