निर्देशिका लागु भएपछि जनता बैंकको हकप्रद अन्यौलमा, यस्तो छ सम्बन्धित निकायको धारणा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 28, 2017 | 06:40:33 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले जारि गरेको धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका २०७४ ले पुंजी बजारमा नयाँ तरंग ल्याएको छ। यो निर्देशिका जेठ १२ देखि नै लागु भएकाले जेठ १३ गते बसेको जनता बैंकको बिशेष साधारणसभाले रद्द गरेको ६० प्रतिशत हकप्रद के हुने भन्ने नयाँ चर्चा सुरु भएको छ । 

बोर्डद्वारा जारि धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका २०७४ मा ' साधारण सभाबाट हकप्रद शेयरको निष्काशन गर्ने निर्णय गरेमा सो निर्णय अनिवार्य रूपमा कार्यान्वयन गर्नु पर्ने' उल्लेख छ। 

जनता बैंकले गत फागुन १ गतेको ७ औं बार्षिक साधारण सभाबाट पारीत ६० प्रतिशत हकप्रद बैंकको जेठ १३ मा बसेको बिशेष साधारणसभाले रद्द गरेको हो। बोर्डद्वारा जारी यस निर्देशिका जेठ १२ देखि नै लागु भएकाले जनता बैंकको ६० प्रतिशत हकप्रद के हुने भन्ने चाँसो बढेको छ। 

धितोपत्र बोर्डका प्रवक्ता निरंजय घिमिरेले पनि जनता बैंकको ६० प्रतिशत हकप्रद के भने बारे तत्काल केहि बोल्न नमिल्ने बताएका छन। 'जेठ १२ देखि निर्देशिका लागु भएको छ, जेठ १३ गतेको बिशेष साधारणसभाबाट ६० प्रतिशत हकप्रद प्रस्ताब रद्द गरिएको छ। तर ६० प्रतिशत हकप्रद रद्द गर्ने सूचना जेठ १२ अघि नै सार्वजनीक भएकाले के हुने भन्ने बारे छलफल पश्चात मात्र निर्णय गर्न सकिने अवस्था छ।' उनले भने। 

त्यस्तै यसबारे बिजपाटीसंगको कुराकानीमा जनाता बैंकका कम्पनी सचिब विश्व सुबेदीले जनता बैंकको रद्द भएको हकप्रद फेरी आउन सक्ने सम्भावना नरहेको तर्क प्रस्तुत गरेका छन। 'जनता बैंकले बैशाख २८ गते कान्तिपुर दैनिक, २९ गते नागरिक दैनिकमा ६० प्रतिशत हकप्रद रद्द गरिने सूचना सार्वजनिक गरेको छ। यस निर्देशिका जेठ १२ देखि लागु भएकाले जनता बैंकको ६० प्रतिशत हकप्रदमा दुबिधा छैन' उनले भने। 

८ बिशेष प्रस्ताब पारित गर्दै जनताको बिशेष साधारणसभा सम्पन्न, यस बर्ष आकर्षक बोनस सेयर


       

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved