योजना आयोगको सिलिंग भन्दा ठुलो आकारको बजेट आउने, यस्ता छन् बजेटका प्रमुख विशेषता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 29, 2017 | 11:40:39 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आज नयाँ आर्थिक बर्ष २०७४ - ७५ को बजेट सार्वजनिक गर्दै छ। जेठ १५ गते बजेट ल्याउनु पर्ने संबैधानिक व्यवस्था अनुसार नै सरकारले आज नयाँ आर्थिक बर्षको बजेट सार्वजनिक गर्न लागेको हो। 

आज अपरान्ह ४ बजे बस्ने संसद बैठकमा उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले संसदसामू प्रस्तुत गर्ने बजेट १२ खर्ब ८० अर्बको हुने बताइएको छ। 

योजना आयोगले नयाँ आर्थिक बर्षको बजेटको सिलिंग १२ खर्ब ६ अर्ब दिएपनि बजेटको सिमा केहि बढी हुने बताइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएर कामचलाउ बनिसकेको सरकारले नयाँ कार्यक्रम नराखी बजेट ल्याउन प्रमुख प्रतिपक्ष दल एमालेको माग रहेपनि सरकारले गुपचुपमा केहि नयाँ कार्यक्रम राखेर करिब १३ खर्बको बजेट ल्याउन लागेको हो। 

यद्दपी अर्थमन्त्रालय स्रोतले भने राष्ट्रिय गौरबका योजनालाई बजेट अभाब हुन् नदिन बजेट बिनियोजन गर्दा केहि बढेको तर्क प्रस्तुत गरेको छ। ठूला जलविद्युत आयोजना, राजमार्ग निर्माणका लागि प्रयाप्त बजेट छुट्याएकाले पनि बजेटको आकार योजना भन्दा केहि बढेको जनाइएको छ।     

नयाँ आर्थिक बर्षको बजेटमा स्थानीय तहलाई प्राथमिकतामा राखिएको स्रोतले जनाएको छ। प्रत्येक गाउँपालिकालाई ५ देखि ६० करोडसम्म र नगरपालिकालाई १५ करोड देखि २ अर्ब रुपैँयाँसम्म उपलब्ध हुने गरि बजेट ल्याउने तयारि गरिएको छ।  

सरकारले १३ खर्ब बराबरको बजेटका लागि ७ खर्ब २० अर्ब राजश्व संकलन, ३ खर्ब बैदेशिक अनुदान, ऋण, १ खर्ब ५० अर्ब आन्तरिक ऋण र १ खर्ब चालु आर्थिक बर्षको बचत तथा सावाँबाट स्रोत जुटाउने लक्ष्य लिएको छ ।

त्यस्तै यस बर्षको बजेटमा कर्मचारीको तलब नबढ्ने भएको छ। गत बर्ष कर्मचारीको तलब २५ प्रतिशतले बढेको थियो। गत बर्ष भूकम्पपछिको पुननिर्माणका लागि १ खर्ब ४० करोड छुट्याएको थियो। तर यस बर्षको बजेटमा भुकम्पपछीको पुनर्निर्माणमा डेढ खर्ब छुट्याइएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved