१५ दिनपछि देशैभर औषधि अभाव हुने हल्ला निराधार,संघले भन्यो 'एक बर्षसम्म पुग्ने औषधि स्टकमा छ'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 02, 2017 | 06:32:28 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली औषधी उत्पादकहरुको छाता संस्था नेपाल औषधी उत्पादक संघ नेपालले औषधि अभाब हुने हल्ला निराधार भएको बताएको छ। संघले  आफुहरुसंघ १ बर्षलाई पुग्ने औषधि मौजादमा रहेको जानकारी दिएको छ। 

आज एक प्रेस बिज्ञप्ती जारी गर्दै संघले १५ दिनपछि देशैभरि औषधीको अभाव हुने आसयका साथ सम्प्रेषित समाचारप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। 'नेपाली औषधी  उत्पादकहरुसँग एक बर्षसम्म पुग्ने औषधी मौजाद रहेको र कम्तिमा ९० दिनलाई पुग्ने कच्चा पदार्थ समेत रहेको पनि हामी प्रष्ट पार्दछौ।' बिज्ञप्तिमा उल्लेख छ।

उचित मूल्यमा उच्च गुणस्तरको औषधी सर्वसाधारणलाई उपलव्ध गराउने उद्धेश्यका साथ औषधी व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा गठित विज्ञ समितिले दिएको प्रतिवेदनलाई स्वास्थ्य मन्त्रालयले कार्यान्वयन प्रक्रियामा लगेको अवस्थामा विभिन्न संचार माध्यममा आएको यस प्रकारको समाचार प्रति संघले आपत्ति जनाएको छ।

नेपाली औषधी उत्पादकहरुले औषधी व्यवस्था विभागले जारी गरेको विभिन्न अन्तराष्ट्रिय कार्यविधी, मापदण्ड र मानकहरुलाई पालना गर्दै उच्च गुणस्तरीय औषधी उत्पादन गरि उचित मूल्यमा वजारीकरण गर्दै आएको दाबि गरेको छ।

'हालै आपूर्ती व्यवस्था महाशाखाले नेपालमा औषधी उत्पादन गर्दा प्रयोग हुने कच्चा पदार्थमा औषधी सम्वन्धी गुणस्तरको नियमन गर्ने नेपालकै एक मात्र निकाय औषधी व्यवस्था विभागले तोकेको मापदण्ड भन्दा फरक रहि वोलपत्र आह्वान गरेका कारणबाट उक्त कच्चा पदार्थ पुन आयात गर्न केहि अतिरिक्त दिन मात्र लाग्ने भएतापनि नेपाल औषधी उत्पादक संघ औषधीको नियमित आपूर्तीमा कुनै प्रकारको ढीलाई र व्यवधान नहुने प्रतिवद्धता व्यक्त गर्दछ। ' बिज्ञप्तिमा उल्लेख छ।

संघले भूकम्प र नाकावन्दीको समयमा समेत औषधी अभाव हुन नदिएको पृष्ठभुमि स्मरण गराउँदै सरकारले चाहेको बेलामा कुनै पनि किसिम र प्रकारका औषधीहरु उपलव्ध गराउन सक्षम रहेको स्पष्ट पारेको छ।

स्वास्थ्य मन्त्रालयले कार्यान्वयनमा ल्याउन लागेको नीतिगत निर्णयका कारण औषधी उद्योगमा राष्ट्रिय पूँजीको विकास भइ निकट भविष्यमा औषधीको आयात प्रतिष्थापन, निकासीको प्रवर्द्धन भई विदेशी मुद्रा आर्जन गर्न सक्ने अवस्थामा पुग्ने बिश्वास गरिएको छ। 

नेपाली औषधी उद्योगको बिकासले स्वदेशमा हजारौमा रोजगारी सिर्जना हुने अवस्था बनिरहेको छ। तर यस्तो बेला केहि सञ्चार माध्यममा आएका समाचारहरु नेपालका स्वदेशी उद्योगहरुलाई प्रोत्साहन गरि आयात प्रतिष्थापन गर्ने नीतिलाई कार्यान्वयनमा वाधा सिर्जना गर्ने नियतका साथ आउनुलाई संघले अर्थपूर्ण रुपमा लिएको छ। जनतामा भ्रम फैलाएर नेपाल औषधि उद्योगलाई कमजोर बनाउन यस प्रकारको समाचार बाहिर ल्याइएको संघको ठहर छ। 'समाचारले सरोकारवाला निकाय र आम उपभोक्ताहरुमा भ्रम सिर्जना भएकोले सो भ्रममा नपर्न प्रष्ट पार्न चाहन्छौ' संघका अध्यक्ष शंकर घिमिरेले बताए।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved