एनसेलले भन्यो-'अब कर दायित्व बाँकी छैन, हाम्रो ध्यान लगानी तथा सेवा विस्तारमा'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 05, 2017 | 01:01:02 PM मा प्रकाशित

laxmi  sunrise bank

बहुराष्ट्रिय मोबाइल सेवा प्रदायक सेनसेलले तिर्नुपर्ने सम्पूर्ण पुँजीगत लाभकर चुक्ता गरेको बताएको छ। एनसेलले प्रेस विज्ञप्ति जारी गरी आफूले आयकर ऐन २०५८ बमोजिम तिर्नुपर्ने सम्पूर्ण पुँजीगत लाभकर चुक्ता गरेको जनाएको छ। 

भूतपूर्व लगानीकर्ता टेलियासोनेरा नर्वे नेपाल होल्डिङ्ग एएस बिक्रीकर्ताद्धारा गरिएको अप्रत्यक्ष बिक्रीसँग सम्बन्धित करको विषयमा ठूला करदाता कार्यालयको निर्देशन बमोजिम बिक्रेताको तर्फबाट थप १३ अर्ब ६० करोड रुपैयाँ आइतबार कर दाखिला गरी करको विषयलाई निष्कर्षमा पुर्याएको एनसेलको दाबि छ।

ठूला करदाता कार्यालयले यही जेठ २१ गते एनसेललाई पठाएको पत्रमा कम्पनीले आयकर ऐन २०५८ को दफा ९५ (क) बमोजिम अग्रिम कर दाखिलाको निर्देशन पूर्णरुपमा पालना गरेको प्रमाणिकरण गरेको एनसेलद्वारा जारि बिज्ञप्तीमा उल्लेख छ।

आफु यस कारोबारको संलग्न पक्ष नरहे पनि र उक्त कारोबारमा कुनै भुक्तानी नगरे तथा प्राप्त नगरेता पनि एनसेलले कर दाखिला गरेको बताउदै उसले यस विषयलाई टुंगोमा पुर्याउन पुंजीगत लाभकर तिरेको स्पष्ट पारेको छ। साथै कम्पनीले नेपालमा निरन्तर सेवा प्रदान गरिरहने प्रतिवद्धता जनाएको छ ।

प्रबन्ध निर्देशक साइमन पर्किन्सले एनसेलले आफ्नो कर दायित्वको परिपूर्तिका सम्बन्धमा प्रत्येक पटक सुशासन तथा परिपालनाको उच्च मापदण्ड अभ्यास गरेको बताएका छन्। 'हामीले सरकार तथा ठूला करदाता कार्यालयले यो विषयको निराकरण तथा टुंगोमा पुर्याउन गरेको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दछौं' उनले भने, 'यससँगै एनसेलले अब आफ्नो ध्यान लगानी तथा सेवा विस्तारमा, विशेष गरेर फोरजी विस्तारमा निर्वाध रुपमा लगाउन पाउने छ, जसले नेपालको डिजीटल अर्थतन्त्रलाई फड्को मार्न सघाउने छ, ।'

'हामीले सरकार तथा ठूला करदाता कार्यालयले यो विषयको निराकरण तथा टुंगोमा पुर्याउन गरेको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दछौं' उनले भने, 'यससँगै एनसेलले अब आफ्नो ध्यान लगानी तथा सेवा विस्तारमा, विशेष गरेर फोरजी विस्तारमा निर्वाध रुपमा लगाउन पाउने छ, जसले नेपालको डिजीटल अर्थतन्त्रलाई फड्को मार्न सघाउने छ, ।'

संचालनको १३ वर्षमा सरकारलाई विभिन्न शिर्षकमा  १ खर्ब ६० अर्ब भन्दा बढी राजश्व योगदान पुर्याएको एनसेलले जनाएको छ । देशकै सबैभन्दा ठूलो करदाताहरुमा परिचित एनसेलले नेपालको कुल ग्राहस्थ उत्पादनमा ३.२ प्रतिशतको योगदान पुर्याउँछ । सन् २०१६ मा कम्पनीको संचालन तथा पूँजीगत लगानी २५ अर्ब ८० करोड रुपैयाँ थियो ।    

एनसेलले जेठ २१ गत आइतबार सरकारलाई पुँजीगत लाभकरको अग्रिम करकट्टीबापत साढे १३ अर्ब रुपैयाँ बुझाएको हो । एनसेलले ठूला करदाता कार्यालयमा आइतबार १३ अर्ब ६० करोड ४७ लाख ९१ हजार ७ सय ११ रुपैयाँ कर बुझाएको आन्तरिक राजस्व विभागकी प्रवक्ता चन्द्रकला पौडेलले जानकारी दिइन् ।

६ पुस ०७२ मा स्विडिस कम्पनी टेलियासानेराले एनसेलमा भएको आफ्नो ८० प्रतिशत सेयर स्वामित्व मलेसियाको कम्पनी आजियाटालाई १ अर्ब ३६ करोड ५० लाख अमेरिकी डलरमा बिक्री गरेको थियो । आयकर ऐनअनुसार एनसेल खरिद–बिक्रीमा २५ प्रतिशतले हुन आउने करिब ३५ अर्ब रुपैयाँ लाभकर लाग्ने देखिन्छ ।


एनसेलले यसअघि ठूला करदाताका कार्यालयमा २६ वैशाख ०७३ मा ९ अर्ब ९६ करोड ९५ लाख ७१ हजार ४० रुपैयाँ बुझाएको हो । ठूला करदाता कार्यालयका अनुसार एनसेलले दुईपटक गरी कम्पनी खरिदबिक्री अग्रिम करकट्टीबापतको १५ प्रतिशत रकम अर्थात् २३ अर्ब ५७ करोड ४३ लाख ६२ हजार रुपैयाँ दाखिल गरेको हो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved