बैंक तथा वित्तीय संस्थाहरुलाई प्रबन्ध पत्र वा नियमावली संसोधन गर्न राष्ट्र बैंकको निर्देशन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 06, 2017 | 08:58:13 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई प्रबन्ध पत्र वा नियमावलीमा भएको सञ्चालकको संख्या सम्बन्धि प्रावधान संशोधन गर्न निर्देशन दिएको छ।बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७४, बाफिया लागु भएसंगै नयाँ व्यवस्था अनुसार सञ्चालकहरुको संख्या सम्बन्धि व्यवस्था गर्न तत्काल साधारण सभा वा बिशेष साधारणसभा डाक्न राष्ट्र बैंकले आज एक बिज्ञप्ती जारि गर्दै निर्देशन दिएको हो। 

यस अघि बैंक तथा वित्तीय संस्थाहरुमा कम्तिमा ७ जना र बढीमा ९ जना संचालक हुने व्यवस्था रहेकोमा बाफिया २०७४ ले यो संख्या न्युनतम ५ र अधिकतम ७ हुने व्यवस्था गरेको छ। बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ (बाफिया) लागु भएसंगै राष्ट्र बैंकले नयाँ व्यवस्था अनुसार सञ्चालकहरुको संख्या सम्बन्धि व्यवस्था गर्न सोमवार निर्देशन दिएको हो ।

यसअघि बैंक तथा वित्तीय संस्थाहरुले ७ देखि ९ संख्यामा सञ्चालक राख्न सक्ने व्यवस्था रहेकोमा नयाँ जारी भएको बाफियाले यो संख्या ५ देखि ७ मा सिमित हुनुपर्ने व्यवस्था गरेको छ ।

नेपाल राष्ट्र बैंकले ल्याएको पुंजी वृद्धि योजना अनुसार गत फागुनमा संचालनमा रहेका करिब १७५ बैंक तथा वित्तीय संस्था चैत मसान्तसम्म आइपुग्दा १२० को हाराहारीमा झरीसकेका छन। 

यस अघि बैंक तथा वित्तीय संस्थामा ७-९ जना संचालक रहने व्यवस्था थियो। जस अनुसार अहिले कायम संस्थामा औषतमा ८ जना संचालक रहेपनि बाफिया २०७४ अनुसार औषतमा ६ जना हुने मान्दा पनि करिब ३ सयको संख्यामा संचालक आउट हुने छन। 

बाफिया २०७४ को दफा १४, उपदफा ३ अनुसार एक जना स्वतन्त्र सञ्चालक हुनै पर्ने प्रावधान रहेको छ । अब न्युनत्तम ५ जना वा अधिकत्तम ७ जना सदस्यको सञ्चालक समिति बनाउदा एक जना भने स्वतन्त्र सञ्चालक हुनैपर्ने भएको छ ।  

बाफिया २०७४ को दफा १४ उपदफा ३ मा 'दफा १७ बमोजिमको योग्यता तथा अनुभव भएका व्यक्तिमध्येबाट कम्तीमा एक जना स्वतन्त्र सञ्चालक नियुक्ति गरी सोको जानकारी त्यस्तो नियुक्ति पछि बस्ने पहिलो साधारण सभामा दिनु पर्नेछ । तर बैंक वा वित्तीय संस्थाको संस्थापक, सञ्चालक वा शून्य दशमलव एक प्रतिशतभन्दा बढी शेयर लिएको शेयरधनी तथा निजको परिवार स्वतन्त्र सञ्चालक हुन पाउने छैन ।' उल्लेख छ। 

बाफिया २०७४ को व्यवस्थाले बैंक तथा वित्तीय संस्थामा संचालकको सख्यामा कटौती गर्दा समस्या सिर्जना हुनेसक्ने चर्चा गरीएपनि यस्तो नहुने आधार रहेका छन। बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७४ ले एकै व्यक्ति एक भन्दा बढी बैंक वा वित्तीय संस्थाको संचालक समितिमा बस्न नपाउने व्यवस्था गरेको छ। 

अहिले अधिकांश बैंक तथा वित्तीय संस्थामा एकै समुहका व्यक्तिले फरक फरक संस्था संचालन गरेकाले पनि संचालकहरु बाँडिएर संचालक समितिमा बस्ने छन। जस्तै बिगतमा एकै समुहमा बाट संचालित बैंक, बिमा, फाइनान्स र लघुवित्तमा उही व्यक्ति सबै संस्थाको संचालक समितिमा बस्न पाउथ्यो तर अहिलेको व्यवस्थाले यसलाई रोक लगाएको छ।

बाफिया २०७४ , दफा १४, उपदफा २ ग मा 'कुनै संगठित संस्थाले शेयर लिएको भएमा सो संस्थाले शेयरको अनुपातमा हुन आउने सञ्चालकमनोनयन गर्न सक्नेछ र त्यसरी मनोनयन गर्दा एउटै व्यक्तिलाई एकभन्दा बढी बैंक वा वित्तीय संस्थामा मनोनयन गर्न पाइने छैन।' उल्लेख छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved