धितोपत्र बोर्डको रजतजयन्तिको अवसरमा १५१ जनाले गरे रक्तदान, जेठ २४ मा प्रभातफेरी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 06, 2017 | 06:31:02 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले रक्तदान कार्यक्रमको आयोजना गरेको छ। बोर्डले २५ वर्ष (रजत जयन्ती) को अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा १५१ जनाले रक्तदान गरेको जनाइएको छ। 

बोर्डले नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसंचार सेवा, बालकुमारी, ललितपुरको सहयोग तथा नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको समन्वयमा पहिलो पटक रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

उक्त रक्तदान कार्यक्रममा बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सिडिएस एण्ड क्लियरिङ्ग लि., धितोपत्र व्यवसायी (धितोपत्र दलाल, मर्चेण्ट बैंकर, निक्षेप सदस्य), लगायतका निकायका पदाधिकारी एंव कर्मचारीहरु रक्तदान कार्यक्रममा सहभागी भएका थिए ।

बोर्डले रजत जयन्तीकै अवसरमा रक्तदान कार्यक्रमको साथसाथै यही जेठ २४ गते बुधवार विहान ७ः३० बजे काठमाण्डौको भद्रकालीदेखि प्रभातफेरी आयोजना गर्ने बोर्डका सहप्रवक्ता निरन्जन घिमिरेले जानकारी दिए।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved