यी हुन् देउवा सरकारका अर्थमन्त्री कार्की: छवि स्वच्छ, संसदीय चुनाव जित्न असफल

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 07, 2017 | 02:58:32 PM मा प्रकाशित

laxmi  sunrise bank

शेर बहादुर देउवा नेतृत्वको सरकारमा अर्थ मन्त्रालय ज्ञानेन्द्र कार्कीले सम्हाल्ने भएका छन्  ।  महेश आचार्यलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिने चर्चा चले पनि अन्तिम समयमा कार्कीले उक्त मन्त्रालय सम्हाल्ने भएका हुन्  । 

 कार्की यसअघि जलश्रोत मन्त्री भएका थिए । जलस्रोत मन्त्री हुँदा उनले  लामो समयदेखि अड्किएको ९०० मेगावाटको अरुण तेस्रो र माथिल्लो कर्णालीको निर्माण जिम्मा दिएका थिए। हालसम्म कुनै पनि विवादास्पद गतिविधिमा नमुछिएका कार्की  इमानदार छविका नेताका रुपमा चिनीन्छन् । उनी देउवा समुहमा रहेर राजनीति गर्दै आएका थिए  ।  

 भोजपुर निवासी कार्की २०५१ र २०५६ को संसदीय निर्बाचनमा पराजित भएका थिए  । त्यस्तै पहिलो संविधानसभा निर्वाचनमा पनि उनले चुनाव जित्न सकेनन । अहिले भने उनी समानुपातिकबाट सांसद चुनिएका हुन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved