धितोपत्र बोर्डद्वारा विभिन्न पुरस्कार तथा सम्मान प्रदान, हेर्नुस कसले कसले पाए ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 08, 2017 | 11:37:24 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले आफ्नो रजत जयन्ती समारोहको अवसरमा विभिन्न पुरस्कार तथा सम्मान प्रदान गरेको छ । २५ बर्ष पुगेको अवसरमा बोर्डले आज याक एण्ड यति होटेलमा एक बिशेष कार्यक्रम गरी पुरस्कार तथा सम्मान प्रदान गरेको हो 

हेर्नुस कसलाई कस्तो पुरस्कार र सम्मान ?

बोर्डले ५० हजार रुपियाँ बराबर रुपियाँको 'पुंजीबजार पत्रकारिता पुरस्कार' नेपाल आर्थिक पत्रकार समाजलाई परदन गरेको छ ।

बोर्डले प्रथम पटक शेयर निष्काशन गर्ने कम्पनी र क्यापिटललाई सम्मान गरेको छ  । बोर्डले प्रथम पटक शेयर निष्काशनकर्ता नेपाल बैंक लिमिटेड र बिराटनगर जुट मिल्स, प्रथम पटक शेयर निष्काशन सम्बन्धि मर्चेन्ट बैंकिंग तथा सामुहिक लगानी कोष सम्बन्धि कार्यको सुरुवात गर्ने संस्था एनआईडिसी क्यापिटल मार्केट (हालको सनराइज क्यापिटल)लाई सम्मान गरेको हो  ।

त्यस्तै बोर्डले बोर्डका पुर्व अध्यक्षहरुलाई पनि सम्मान गरेको छ  । पुर्व अध्यक्षहरुको हकमा सम्मान पाउनेमा संस्थापक अध्यक्ष डम्बर ढुंगेल, अध्यक्षहरु दिपकराज काफ्ले, डा चिरिन्जीवी नेपाल , डा सुरवीर पौडेल र बाबुराम पौडेललाई सम्मान हरेको हो ।

त्यस्तै बोर्डले २० बर्ष पुरा गरेका कर्मचारीलाई दिर्घसेवा पुरस्कारबाट सम्मान गरेको छ । दिर्घसेवा पुरस्कार पाउनेमा कार्यकारी निर्देशकद्वय परिष्टनाथ पौडेल र निरज गिरि, निर्देशक बिनयदेव आचार्य, अधिकृत मंजु उपाध्याय र सहयोगी कर्मचारीहरु रञ्जन खतिवडा, अर्जुन प्रसाद ढकाल र राजेश लागे रहेका छन्  ।

पुरस्कार नव नियुक्त अर्थ मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रदान गरेका हुन्  । कार्यक्रममा राष्ट्र बैंकका गभर्नर चिरन्जीवी नेपाल, बिमा समिति अध्यक्ष चिरन्जीवी चापागाई, राजश्व सचिव रञ्जन खनाल, सुशासन समिति सदस्य बहादुर सिहं तामांग लगायतका बिशेष अतिधि उपस्थित थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved