अनलाइनबाट चार महिनामा एक सय ४४ उद्योग दर्ता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 11, 2017 | 09:38:18 PM मा प्रकाशित

laxmi  sunrise bank

उद्योग विभागले चार महिनामा अनलाइनको माध्यामबाट १४४ उद्योग दर्ता गरेको छ। माघ २ गतेदेखि अनलाइन प्रणाली सुरु गरेको विभागले चार महिनामा १४४ उद्योग दर्ता गरेको हो।

विभागका प्रवक्ता दुर्गाप्रसाद भूषालले अनलाइन माध्यम सुरु गरेदेखि उद्योग दर्ता गर्ने क्रम बढेको बताए। विभागमा हाल ठूला २७, मझौला ३२ र साना ८५ उद्योग अनलाइनमार्फत दर्ता भएका छन्।

विभागले १० करोडदेखि २५ करोड लगानी भएको मझौला तथा २५ करोडदेखिमाथि लगानी भएको ठूला उद्योगलाई मात्र दर्ता गर्दै आएको छ भने विदेशी लगानीमा सञ्चालित साना उद्योगलाई समेत दर्ता गर्दै आएको छ।

विभागमा चालु आर्थिक वर्षको दश महिनामा अनलाइनबाट १४४ सहित ४१८ उद्योग दर्ता भएका छन्। जसमध्ये ठूला ८६, मझौला ७५ र साना २५७ उद्योग दर्ता भएको प्रवक्ता भूषालले बताए। गत आर्थिक वर्षमा विभागबाट ४१० ठूला, मझौला तथा विदेशी लगानीका साना उद्योग दर्ता भएका थिए।

संविधान निर्माण र लोडसेडिङको अन्त्यसङ्गै स्वदेशमा औद्योगिकमैत्री वातावरण बन्दै गएकाले उद्योग दर्ता गर्ने क्रम बढेको विभागले जनाएको छ। रासस

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved