तुलसीपुरमा ३९ करोड को लागतमा सुविधासम्पन्न आधुनिक बसपार्क बन्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 12, 2017 | 07:51:58 PM मा प्रकाशित

laxmi  sunrise bank

तुलसीपुर उपमहानगरपालिका –५ मा ३९ करोड रुपैयाँको लागतमा सुविधासम्पन्न बसपार्क निर्माण गरिने भएको छ। उपमहानगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसीले आज यहाँ आयोजित कार्यक्रममा निर्माणाधिन बसपार्क तथा सपिङ कक्ष शिलान्यास गरे।

पुरानो बसपार्कलाई सुविधासम्पन्न बनाउने उद्देश्यले उपमहानगरपालिकाले झन्डै आधा दशकअघि बनाएको व्यवस्थित बसपार्कको गुरुयोजना नगर विकास कोषले चार वर्षअघि स्वीकृति दिएको थियो।

पहिलो चरणमा साढे १० करोडको लगानीमा तयार हुने सो बसपार्कमा नौ करोड नगर विकास कोषको ऋण, एक करोड बैदेशिक अनुदान र ५० लाख उपमहानगरपालिकाले लगानी गर्ने भएको छ।

बसपार्क भित्र टर्मिनल भवन, ५० वटा सपिङ कक्ष तथा सार्वजनिक शौचालय निर्माण गरिने र सडकमा कालोपत्रेका साथै सडक बत्तीसमेत जडान हुने कार्यकारी अधिकृत टोपेन्द्र केसीले जानकारी दिए।

पन्ध्र महिनाभित्र काम सम्पन्न गर्ने गरी शिवशक्ति निर्माण कम्पनीलाई कामको जिम्मा दिएको छ।तुलसीपुरको नयाँ बसपार्कमा हाल व्यवस्थित बसपार्क नहुँदा निकै समस्या परेको छ। पुरानो बसपार्क वर्षायाममा हिलाम्मे हुने र हिउँदमा धुलोको समस्याका साथै पर्खाल नहुँदा असुरक्षा बढेको व्यवसायीले बताएका छन्। रासस

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved