बिद्या सुन्दरद्वारा काठमाडौंको समृद्धिका लागि लगानी बढाउन गैर आवासीय नेपालीको ध्यानाकर्षण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 12, 2017 | 09:25:09 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं महानगरका प्रमुख बिद्या सुन्दर शाक्यले राजधानीको समृद्धिका लागि लगानी गर्न गैर आवासीय नेपालीको ध्यानाकर्षण गराएका छन्। गैर आवासीय नेपाली संघका अध्यक्ष शेष घलेसँग भएको भेटवार्तामा शाक्यले सहरी सुविधा तथा व्यवस्थापनका सम्भावित लगानीबारे चर्चा गर्दै यस्तो बताएका हुन। 

काठमाडौं महानगरका प्रमुख शाक्यले काठमाडौंको समृद्धिका लागि व्यवसायिक सहभागिता मात्र नभई सामाजिक उत्तरदायित्वका कोणबाट पनि सहभागिता जनाउन सकिने बताए। 

एनआरएनका अध्यक्ष घलेले भने लगानी गर्ने वातावरण बनाउन पर्नेमा जोड दिएका छन। सहि नीतिको अभाबमा लगानीको वातावरण नबनेको बताउदै एनआरएन अध्यक्ष घलेले स्वदेशमै केहि गर्छु भन्नेलाई उचित नीति बनाएर अघी बढ्न आग्रह गरे। 'काठमाडौंलाई राजधानीको रुपमा हेर्न लायक शहर बनाउन पहल हुनेमा घलेले आशा ब्यक्त गरे।   

प्रयक्ष बैदेशिक लगानी (एफडीआई) अन्तर्गत आफुले काठमाडौंको समृद्धिमा देखिने काम गरिरहेको बताउंदै घलेले ठुला परियोजना संचालन गर्नका लागि छुट्टै नीतिगत व्यवस्था गरिदिन शाक्य समक्ष आग्रह गरेका छन्। साना लगानीका परियोजना र ठुला लगानीका परियोजना छुट्टै भएकाले छुट्टै नीतिगत व्यवस्था हुनुपर्ने घलेको भनाई थियो। शाक्य र अध्यक्ष घलेवीच करीव ४५ मिनेट सहरी सुविधा तथा सहरी व्यवस्थापनका सम्भावित लगानीका विषयमा कुराकानी भएको जनाइएको छ। 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved