वाइडवडी एयरबस जहाज खरिद गर्न १२ अर्बको ऋण सम्झौता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 13, 2017 | 08:20:21 AM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक लगानी कोष र नेपाल बायु सेवा निगमबीच वाईडबढी एयरबस (ए ३३०–२००) जहाज खरिद गर्न गर्न ऋण सम्झौता भएको छ । जेठ २८ मा भएको सम्झौता पत्रमा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र निगमका महाप्रवन्धक सुगतरत्न कसांकारले हस्ताक्षर गरेका छन् । 

कोषले सरकारको जमानतमा जहाज खरिदको लागि १२ अर्ब रुपैयाँ ऋण दिन लागेको हो । कोषले उपलब्ध गराएको ऋण रकमको ब्याजदर ९ प्रतिशत रहेको छ । त्यसै गरी जहाज खरिदका लागि प्रदान गर्ने रकमको ब्याजदर पहिलो व्यावसायिक उडान नभएसम्मको लागि परिवर्तन नहुने व्यवस्था गरिएको जनाइएको छ ।

कोषले उपलब्ध गराएको क्रणको भुक्तानी अवधि १५ वर्षको तोकिएको छ। उडान क्षेत्रको व्यावसायिक योजनामा कोषले निगमलाई क्रण दिने कार्य पहिलो पटक गरेको हो । यसबाट प्रत्यक्ष रूपमा आर्थिक समृद्वि, रोजगारी सृजना ,पर्यटन क्षेत्रमा थप विकास हुने आशा कोषले गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved