ढलेका रुख व्यवस्थापन गर्दा १२ लाख आम्दानि

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 13, 2017 | 02:44:55 PM मा प्रकाशित

laxmi  sunrise bank

विनाशकारी भूकम्पसँगै आएको हिमपातको पहिरोले क्षति पुर्याएका लाङटाङ क्षेत्रको जङ्गलका रुख स्थानीयस्तरमै प्रयोग गरिएको छ।लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीका अनुसार भूकम्पले लाङटाङ हिमालको बेसक्याम्प (समुद्री सतहबाट ६,२०० मिटर) स्थित पेच्छे ताल फुट्दा झरेको पहिरोको असरले ढलेका रुख व्यवस्थापन गर्दा लगभग १२ लाख राजस्व उठेको छ।

ढलेका ती रुख स्थानीय लाङटाङवासीको आवास पुनःनिर्माणका लागि प्रतिपरिवार १०५ क्युफिटको दरले ११६ घरलाई १२ हजार १८० क्युफिट प्रदान गरिएको र त्यतिबेला उजाड बनेको जङ्गलमा अहिले भोजपत्रका बिरुवा उम्रिन थालिसकेको प्रमुख संरक्षण अधिकृत रेग्मीले बताए।

हिमालबाट भूकम्पसँगै चलेको पहिरोले तल्लो लाङटाङ गाउँका १७५ जना स्थानीयवासी पुरिनुका साथै हिमपहिरोबाट उत्पन्न हावाले पुरिएको गाउँपारिका जङ्गलका रुख सबै ढलेको स्थानीयवासीले बताए । रासस

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved