बीउ भण्डारण भवन निर्माण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 15, 2017 | 09:17:59 AM मा प्रकाशित

laxmi  sunrise bank

बेनी नगरपालिका–३ मुसुङका कृषकले आलुको बीउ भण्डारण भवन निर्माण गरेका छन् ।जिल्ला कृषि विकास कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा सिर्जना बीउ आलु उत्पादन कृषक समूहमा आबद्ध कृषकले भवन निर्माण गरेका हुन् । छ लाखको लागतमा निर्माण भएको सो भवनको भण्डारण क्षमता दश मेट्रिक टन रहेको समूहका अध्यक्ष नरबहादुर मगरले जानकारी दिए।

कृषि कार्यालयको दुई लाख ६१ हजार अनुदान तथा कृषकको तीन लाख ३९ हजार बराबरको श्रमदानमा भवन निर्माण भएको हो । भवन निर्माण गर्न ६० घरधुरीका कृषकले छ दिनका दरले श्रमदान गरेका थिए ।

आलुको गुणस्तर र उत्पादन बढाउनका लागि पकेट क्षेत्रमा बीउ आलु भण्डारण भवन निर्माण गर्न सघाएको कार्यालयका प्राविधिक सहायक श्यामराज क्षेत्रीले बताए।रासस

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved