त्रिभुवन आर्मीको जर्सीमा पल्सरको लोगो सजिने, क्लब र बजाजबीच ७५ लाखको सम्झौता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 20, 2017 | 08:43:18 PM मा प्रकाशित

laxmi  sunrise bank

बजाज पल्सर क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रायोजन सम्बन्धि सम्झौता भएको छ। सम्झौता अनुसार बजाजले त्रिभुवन आर्मी क्लबलाई ३ बर्षसम्म ७५ लाख रुपैयाँ बराबरको ब्रान्डेड सामग्री उपलब्ध गराउने छ।

प्रायोजन सम्बन्धि भएको सम्झौता अनुसार बजाजले प्रति बर्ष २५ लाख रुपैयाँका दरले क्लबलाई ब्रान्डेड सामग्री उपलब्ध गराउने छ भने आर्मीको पुरुष तथा महिला फुटबल टिमले प्रयोग गर्ने हरेक जर्सी तथा अन्य खेलकुद सामग्रीहरुमा बजाजको पल्सर बाइकको लोगो रहनेछ।

बजाजले नगद नभई ब्रान्डेड खेलकुद सामग्री प्रायोजन गर्नेछ। यता त्रिभूवन आर्मी फुटबल क्लबले ३ बर्षसम्म अर्को ब्यापारिक संस्थासंग प्रयोजनसम्बन्धि सम्झौता गर्न पाउने छैन। 

मंगलबार आर्मी अफिसर क्लबमा भएको यस सम्झौतामा बोल्दै एचएच बजाजका प्रबन्ध निर्देशक शेखर गोल्छाले देशकै प्रमुख फुटबल क्लबसँग नयाँ सम्बन्ध बनाउन पाएकोमा गौरवान्वित भएको बताए। 'नेपालको प्रतिष्ठित क्लब त्रिभुवन आर्मी र नेपालको सर्वाधिक बिक्रि हुने बजाज पल्सरबीच सम्बन्ध गास्न पाउँदा हर्षित छौं' उनले भने। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved