लक्षित वर्गका किसानलाई कुखराको चल्ला

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 22, 2017 | 08:13:29 AM मा प्रकाशित

laxmi  sunrise bank

मोहसिन अलि मियाँ/गोरखा 

पशु सेवा कार्यालयले जिल्लाका बिभिन्न समुदाय र समुहलाई लक्षित गरी कुखुराको चल्ला वितरण गर्न थालेको छ । कार्यालयको चालु आर्थिक बर्षको बिभिन्न कार्यक्रम अन्तरगत एकम महिला, सिमान्तकृत, आदिवासी जनजाती लगायतका समुदाय र समुहलाई अण्डा उत्पादन कार्यक्रम अन्तरगत कुखुराको चल्ला बितरण गरिएको कार्यालयले जनाएको छ । 

‘विपन्न वर्गको जिवनस्तर उकास्न सहयोग पुगोस भनेर यो कार्यक्रम सुरु गरेका हौ’ पशु सेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डाक्टर जगत बन्धु नेपालीले भने। एकल महिला लक्षित अण्डा उत्पादन कार्यक्रम अन्तरगत कार्यालयले जिल्लाका १ सय दश एकल महिलालाई चल्ला बाडेको छ । कार्यालयमा एक कार्यक्रम गरि प्रति ब्यक्ति पन्ध्र वटाका दरले चल्ला वितरण गरेको कार्यालयले जनाएको छ । न्यू ह्याम्सायर र ब्ल्याक अष्ट्रोलोप जातका कुखुराको चल्ला संगै भिटामिन र एन्टिभाइटिक पनि प्रदान गरिएको छ । साथै कुखुराको खोर मर्मत संभार र दाना खरिदका लागि ३ हजार रकम पनि दिइएको वरिष्ठ अधिकृत नेपालीले बताएका छन् ।

कार्यालयले केही दिन अघि चल्लाको लागि आवेदन माग गरेको थियो । माग गरे अनुसार जिल्लाका बिभिन्न स्थानका १ सय दश एकल महिलाहरुले अनुदानको आवेदन दिएका थिए । आवेदन दिने सबैलाई आएका चल्ला भाग गरेर वितरण गरिएको कार्यालयले जानकारी दिएको छ । ‘एकल महिलाहरु जो आफै पिडित छन् कसलाई छान्ने, कस्लाई हटाउने ?, हामीले आका चल्ला सबै डिभाइड गरेर बितरण गर्ने निर्णय ग¥यौ’ अधिकृत नेपालीले भने ।

जिल्लामा नै पहिलो पल्ट सुरु भएको यो कार्यक्रमले जिल्लाका एकम महिलालाई आत्मनिर्भर बनाउन थप सहयोग पुग्ने कार्यालयले बिश्वास गरेको छ । 

त्यस्तै पशु सेवा कार्यालयले लाप्राकमा पनि २ हजार कुखुराको चल्ला पठाएको छ । सिमान्तकृत, आदिवासी जनजाती लक्षित कार्यक्रम अन्तरगत लाप्राकमा रहेको गणेश कृषि सहकारी संस्थाका सदस्यको जिवनस्तर उकास्ने उदेश्य चल्ला पठाइएको कार्यालयका एक कर्मचारीले बताएका छन् । सहकारीका २५ सदस्यलाई सामुहिक कुखुरा पालन तर्फ आकर्षित गर्न यो कार्यक्रमले सहयोग पुग्ने कार्यालयको बिश्वास छ । कार्यालयले कुखुराको चल्ला संगै प्रत्येकलाई ७ देखि ८ हजारसम्म रकम पनि अनुदान दिने तयारी गरेको वरिष्ठ अधिकृत नेपालीको भनाइ छ । 

कार्यालयले भिसेन गाउँपालिकाको तान्द्राङका बराम समुदायलाई पनि कुखुरा पठाएको छ । बराम जातीको जिवस्तरमा सुधार ल्याउने भन्दै कार्यालयले चल्ला पठाएको जनाएको छ । ‘बराम समुदायका २० जनालाई भनेर हामीले ४ सय ५० कुखुराको चल्ला पठाएका छौ, उनिहरुलाई ५ सय पठाउनु पर्ने हो तर कुखरा कम आयो, ५० वटा घटाएर पठाएका छौ’ कार्यालयका एक कर्मचारीले भने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved