९३ लाख मूल्यको सुन बरामद

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 22, 2017 | 08:35:13 AM मा प्रकाशित

laxmi  sunrise bank

चीनको केरुङबाट अवैध रूपमा रसुवागढी हुँदै नेपाल ल्याउँदै गरेको दुई किलो सुनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे गाउँपालिका–४ घर भई रसुवाको लहरेपौवा बस्ने कृष्णबहादुर श्रेष्ठ र काठमाडौं पासिकोटका दिनेश रोक्का ‘रूपेश’ छन् । 

प्रहरीले उनीहरुलाई रसुवागढी भन्सारबाट पक्राउ गरेको हो । रसुवाका प्रहरी प्रमुख डीएसपी फणिन्द्र प्रसाइँले केरुङबाट राजस्व छली बा.७६प ७८१० नम्बरको पल्सर मोटरसाइकलको फल्स बटनमा लुकाएर सुन ल्याउँदै गरेको सूचनाका आधारमा श्रेष्ठ र रोक्कालाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

“विशेष सुराकीका आधारमा जाँच गर्दा मोटरसाइकलको तेल ट्यांकमा फल्स बटन बनाएर लुकाएको अवस्थामा बिस्कुटको पुरिया आकारमा दुई ढिक्का सुन भेटाएका छौं”, उनले भने, “अभियुक्तलाई जिल्लामा प्रारम्भिक अनुसन्धान गरी थप कारबाहीका लागी भन्सार विभागमा पठाउनेछौं ।” 

बरामद सुनको बजार मूल्य ९३ लाख २ हजार ५ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि चीनसँग सञ्चालनमा रहेको एक मात्र व्यापारिक नाका रसुवागढी हुँदै अवैध कारोबार बढेको छ । कारोबार दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved