कर फरछ्यौट आयोगका अध्यक्ष र सदस्य फरार, सूचना दिनेलाई अख्तियारले पुरस्कार दिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 22, 2017 | 11:11:34 AM मा प्रकाशित

laxmi  sunrise bank

कर फरछ्यौट आयोगका अध्यक्ष र सदस्य फरार भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्बजनिक सूचना मार्फत उनीहरुलाई खोजेर सहयोग गरिदिन आग्रह गरेको छ  ।

कर फरछ्यौट आयोगका पदाधिकारीले भ्रष्ट्राचार गरेको भन्ने उजुरी आएपछि अख्तियारले आयोगका सदस्य सचिव एवं राजश्व अनुसन्धान विभागका प्रमुख चुडामणि शर्मालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । साथै आयोगले अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई पनि आयोगमा उपस्थित हुन पत्र काटेको थियो ।

तर दुवै अख्तियारमा उपस्थित नभएपछि अख्तियारले सार्बजनिक सूचना जारी गरेर उनीहरुलाई देख्ने वा फेला पार्ने जो सुकैले आयोगको हटलाइन १०७ वा प्रहरीलाई खबर गर्न आग्रह गरेको हो  । आयोगले यस समबन्धमा सूचना दीई उनीहरुलाई प्रक्राउ गर्न सहयोग गर्नेलाई उचित पुरस्कार दिइने पनि जनाएको छ   ।

महतको स्थयि घर सर्लाही हरिऔन हो भने ढकालको स्थायी घर पालुंग मकवानपुर हो । हाल महत काठमाडौँ नागार्जुनमा बस्दै आएका छन भने ढकाल पनि नागर्जुन ४ मै बस्छन् ।


यस्तो छ आयोगको सार्बजनिक अनुरोध ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved