मुस्ताङ जिल्लामै पहिलो पटक सडक कालोपत्रे हुँदै, ४५ दिनको अवधिमा सडक हस्तान्तरण हुने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 23, 2017 | 09:16:52 PM मा प्रकाशित

laxmi  sunrise bank

कागबेनी–मुक्तिनाथ सडक खण्डमा सोमबारदेखि कालोपत्रेको काम सुरु हुने भएको छ। मुस्ताङका प्रजिअ रामचन्द्र तिवारीको रोहवरमा भएको सर्वपक्षीय भेलाले यात्रुको सहजताका लागि वैकल्पिक रुट मिलाउने निर्णय गरेको हो।  

हिन्दु तथा बौद्धिष्ट धर्मावलम्बीहरुको आस्थाको धरोहर एवम् पर्यटकीय गन्तव्य कागबेनी–मुक्तिनाथ सडक मुस्ताङ जिल्लाकै पहिलो कालोपत्रे सडक हुने छ।

आन्तरिक तथा बाह्य पर्यटकको सुविधालाई मध्यनजर गर्दै कागेबेनी झोङ पुटाक सडकलाई सामान्य स्तरोन्नति गरेर सुचारु गरे पश्चात मात्रै कालोपत्रे निर्माणको काम थालिने जिल्ला ईन्जिनियर रविन्द्र तिवारीले जानकारी दिए।

शुक्रबारदेखि आईतबारसम्म बैकल्पिक सडकको स्तरोन्नती हुने र त्यसपश्चात मात्रै कालोपत्रे निर्माणको काम थालिने निर्माण कन्ट्रक्सनका प्राविधिज्ञ अनिल कुमार चौधरीले बताएका छन। प्राविधिक, निर्माण सामाग्री र पर्याप्त जनशक्ति रहेकाले समयमै कालोपत्रे निर्माण सम्पन्न हुने चौधरीले बताए।     

सडक कालोपत्रेका लागि ५ वटा टिपर, भ्याकु लोडर २, ट्रयाक्टर ५, पानी ट्याङ्कर २, ग्रेडर १ र रोलर २ वटा उपलब्ध रहेको जानकारी दिदै सडकका प्राविधिज्ञ अनिल ढुङ्गानाले तोकिएको ४५ दिनको अवधिमा नै सडक हस्तान्तरण हुने बताए। उनका अनुसार सडक कालोपत्रेका लागि १५० जना जनशक्ति तथा पर्याप्त मात्रामा इन्धन रहेको छ।

ग्रामिण पुर्ननिर्माण तथा पुर्नस्थापना डोलिडारको आयोजनामा सडकको निर्माण कार्य २ वर्षअघि सुरु गरिएको हो। सडक कालोपत्रेका लागि मौसम प्रतिकुल रहेपनी काममा असहज नहुने इन्जीनियर तिवारीले बताए। मुस्ताङमा मौसमको तापक्रम र पानी नपर्ने भएकाले कालोपत्रे गर्न असहज नहुने उनको दाबी छ।     

असार १२ देखि साउन २७ सम्म कालोपत्रे सक्ने अवधि तोकिएको छ। मूक्तिनाथ कालोपत्रे सडकको साईज ३.७५ मिटर, दुईतर्फी पेटीको साईज ०.७५ मिटर र सडक नालीको साईज १ मिटरको रहने छ। १२ किमी सडक कालोपत्रेका लागि दुई खण्ड गरी करिव २० करोड लगानी हुने अनुमान छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved