हिलो र धुलैधुलो सवारी साधन उपत्यका छिर्दा धोएरमात्र छिर्नुपर्ने, ४ वटा नाकामा आधुनिक वाससेन्टर

रासस

रासस

Jul 02, 2017 | 10:22:22 PM मा प्रकाशित

laxmi  sunrise bank

हिलो र धुलैधुलो सवारी साधन राजधानीमा भित्रन नपाउने नयाँ नियम लागु हुने भएको छ। धुलाम्य र हिलाम्य भएका सवारी साधन उपत्यका प्रवेशमा रोक लगाउन यातायात ब्यवस्था विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखा लगायतका सरोकारवाला संस्थाहरु सहमत भएका छन। 

राजधानीमा सवारीका कारण बढेको प्रदुषण रोक्ने प्रयास अन्तर्गत उपत्यकाका ४ वटा नाका नागढुंगा, फर्पिङ, जगाते र मुड्खुमा वास सेन्टर राख्न लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिआइजी मिङमार लामाले बताए।

उपत्यकामा भित्रने सवारीमा के कति धुलो छ भनेर नाकामा ट्राफिक प्रहरीले जांच गर्ने लामाले बताए। जांच पश्चात धुलो मैलो सवारीसाधन नाकाहरुमा बनाइन लागेको वास सेन्टरमा धुने व्यवस्था गरिने भएको छ। वास सेन्टरमा पैसा तिरेर मात्रै आफ्नो गाडी धुनुपर्नेछ। एक पटकमा १० वटा गाडी धुन सक्ने गरि वास सेन्टरको स्थापना गर्न लागिएको बताइएको छ। 

उपत्यकामा भित्रने सवारी धोएर मात्र राजधानी प्रवेश गराउने व्यवस्था गर्दा प्रदुषणमा धेरै कमी आउने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। यद्दपी उपत्यका भित्रका सवारी साधन पनि धुलैधुलो भए प्रहरीले कारबाही गर्ने भएको छ।      

प्रदुषण रोक्न ट्राफिक प्रहरी महाशाखाले ‘अन द’ स्पट सवारी साधनको प्रदुषण पनि मापन गर्ने भएको छ। यस्तो नियम लागु गर्न अघि राजधानीमा सडक पूर्वाधार निर्माण गरिने ट्राफिक प्रहरीले जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved