राजस्व सङ्कलन एकद्वार प्रणालीमार्फत गर्न नेपाल चेम्बर अफ कमर्शको माग

रासस

रासस

Jul 02, 2017 | 10:29:57 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्शले राजस्व सङ्कलन एकद्वार प्रणालीमार्फत गर्न अर्थमन्त्रीसँग माग गरेको छ ।चेम्बरका प्रतिनिधिमण्डलले आज अर्थमन्त्रालयमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई भेटेर स्वच्छ प्रशासन, स्वच्छ व्यवसाय’ हुनुपर्नेबारेमा ध्यानाकर्षण गराएको हो ।

भेटमा चेम्बरका अध्यक्ष डा राजेशकाजी श्रेष्ठले मुलुकको आर्थिक विकास तथा औद्योगिक व्यावसायिक वातावरणमा देखिएका समस्याबारे अर्थमन्त्रीलाई ध्यानाकर्षण गराए। उनले खर्च हुन नसकेको पुँंजीगत बजेट व्यवसाय वृद्धिका लागि पुनःकर्जामा लगाउनुपर्ने बताए।

चेम्बरको टोलीले बैंक तथा वित्तीय क्षेत्रबाट प्रवाह हुने कर्जामा उच्च ब्याजदर तथा लगानीयोग्य तरलता अभावबाट सिर्जित समस्या यथाशीघ्र निराकरण गरिनुपर्ने बताएको थियो ।

यस्तै निकासीमूलक उद्योगलाई पाँच वर्ष आयकर छुट, निकासीमा नगद अनुदान भन्सार बिन्दुबाटै दिइनुपर्ने, हालैको बजेट भाषणमा कुरियरलाई ७० केजी र युएस डलर पाँच हजारमा सीमित गरिएकाले यसबाट व्यवसाय सङ्कुचनमा पर्न सक्ने हुँदा यसको समसामयिक परिमार्जन गर्नुपर्नेमा टोलीले जोड दिएको थियो । सो अवसरमा अर्थमन्त्री कार्कीले चेम्बर पदाधिकारीले दिएको सुझावलाई गहन अध्ययन गरी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए। रासस

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved