सवारी लाइसेन्समा नयाँ नियम लागु हुने, लिखित र ट्रायलले मात्रै नपुग्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 03, 2017 | 09:41:13 AM मा प्रकाशित

laxmi  sunrise bank

सवारी लाइसेन्स लिन नयाँ नियम लागु हुने भएको छ। अब सवारी लाइसेन्स लिन लिखित र ट्रयाल पास भएर मात्रै नपुग्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले यातायात व्यवस्था विभागसँगको सहकार्यमा नयाँ नियम लागू गर्न लागेको जानकारी दिएको छ। अब लाइसेन्स लिनका लागि लिखितपछी ह्याण्डलिङ टेस्ट, रोड टेस्ट र ट्राफिक अवेरनेस टेस्ट हुने भएको छ। हाल लिखित र ट्रायलमा पास भएपछि लाइसेन्स दिने गरिएको छ।      

रोड टेस्टमा फेल भएमा पुन: लिखित परिक्षा दिनु नपर्ने तर अरु बाँकी ट्रयाल दिनु पर्ने बताइएको छ। नयाँ नियम लागु गर्ने तयारी अन्तिम अवस्थामा पुगेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

बिकसित राष्ट्रहरुमा लाइसेन्स दिनका लागि यस प्रकारको व्यवस्था धेरै पहिलेदेखि भएपनि नेपालमा भने बल्ल लागु हुन् लागेको हो। ट्राफिक प्रहरी डिआइजी मिङमार  लामाले लाइसेन्स दिने प्रक्रिया थप बैज्ञानिक बनाउन नेपालमा पनि यस्तो नियम लागु गर्न लागिएको बताए। 'विश्वका धेरै मुलुकहरुमा भएको अभ्यासको अध्ययन गरेपछि हामीले यो नयाँ नियम बनाएका हौँ' उनले भने।    


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved