स्विस बैंकमा नेपालीहरुको ३३ अर्ब ६९ करोड रुपियाँ भएको खुलासा, भारत भन्दा पाकिस्तानको धेरै

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 03, 2017 | 03:30:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालीहरुले स्विस बैंकमा ३३ अर्ब ६९ करोड रकम राखेको खुलेको छ । बैंकले हालै सार्बजनिक गरेको एक प्रतिबेदनले सन् २०१६ को अन्त्य सम्ममा नेपलिहरुको स्विस बैंकमा ३३ अर्ब ६९ करोड ६० लाख रकम भएको खुलेको हो 

स्विस बैंकमा धेरै रकम राख्ने देशहरुको सुचीमा नेपाल १५० औ स्थानमा रहेको छ । स्विस बैंकमा नेपालीहरुको ३१२ मिलियन स्विस फ्रान्क रहेको बैंकले जनाएको छ । 

प्रतिवेदन अनुसार दक्षिण एसियाली देशहरु मध्ये पाकिस्तानले सबै भन्दा धेरै १.४ बिलियन स्विस फ्रान्क स्विस बैंकमा राखेको छ । त्यस्तै भारतले ६७६ मिलियन र बंगलादेशले ६६७.५ मिलियन स्विस फ्रान्क उक्त बैंकमा जम्मा गरेको छ । बरियताको हिसाबमा पाकिस्तान,  भारत र बंगलादेश क्रमश ७१ औ ,  ८८ औ र ८९ औ स्थानमा छन्  । त्यस्तै श्रीलंका ३०७ मिलियन सहित १५१ औ स्थानमा छ भने भुटान २८२ औ स्थानमा छ 

सुचीमा बेलायत सबै भन्दा शिर्ष स्थानमा छ । विदशी देशका नागरिकहरुले उक्त बैंकको राखेको पैसा मध्ये बेलायतको मात्रै २५ प्रतिशत रहेको छ । विदशी देशका नागरिकहरुले उक्त बैंकको राखेको पैसा गत बर्षको तुलनामा १.४१ ट्रीलियनबाट बढेर १.४२ ट्रीलियन स्विस फ्रान्क पुगेको छ ।

स्विडेन करको लागि 'सेफ हेवेन' अर्थात् कमाइबाट कर तिर्नु नपर्ने भएकाले स्विस बैंकमा बिश्व भरका मानिसहरुले पैसा राख्ने गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved