अन्तर बैंक विद्युतीय भुक्तानी शुल्कमा भारी कटौती, यस्तो छ नयाँ दर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 05, 2017 | 02:32:46 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले प्रदान गर्दै आएको अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली (एनसीएचएल आइपीएस)  बाट हुने कारोबारको महसुलमा भारी कटौती गरेको छ  ।  क्लियरिङ हाउसले आइपीएसबाट हुने कारोबारमा बैंक वित्तीय संस्थाहरु तथा अन्य सदस्यहरुलाई लाग्ने कारोबार शुल्क घटाएको हो ।

अब नेपाली मुद्राको कारोबारमा सदस्यहरुले कारोबार शुल्क रकम सिमाको आधारमा रु. २ देखि रु. १५ सम्म मात्र तिर्नु पर्ने छ । यस अघि अधिकतम १०० रुपैंयासम्म शुल्क लाग्दै आएकोमा अब शुल्कमा ८५ प्रतिशतसम्म कटौती गरिएको हो  ।

 नयाँ व्यवस्थाअनुसार नेपाली मुद्राको कारोबार सिमा रु ५ सय सम्ममा २ रुपैयाँ शुल्क, ५ सय देखि ५ हजार सम्ममा ५ रुपैयाँ शुल्क, ५ हजारदेखि ५० हजारसम्ममा १० रुपैयाँ शुल्क र र ५० हजार भन्दामाथिको कारोबारमा १५ रुपैयाँ शुल्क लाग्ने  छ । विदेशी मुद्रा कारोबारमा भने कारोबार शुल्क रु. १५ नै लाग्ने छ । 



यो शुल्क किल्यरिङ हाउसले आफ्ना सदस्य बैंकहरुलाई लगाउने भएको हो । बैंक तथा वित्तीय संस्थाको आन्तरिक व्यवस्था अनुसार ग्राहकलाई तोकिने शुल्क भने फरक पर्ने एनसीएचएलले जनाएको छ । यसको लागि ग्राहकहरुलाई बैंकमा नै सम्पर्क राख्न एनसीएचएलले आग्रह गरेको छ । 

एनसीएचएल आइपीएस प्रणाली मार्फत ग्राहकको रकम ट्रान्सफर, रेमिट्यान्स, तलबभत्ता, लाभांश, आइपीओ रिफन्ड, शुल्क रकम , बिमा, किस्ता भुक्तानी, सरकारी भुक्तानी, क्रेडिटकार्ड बिल भुक्तानीजस्ता काम गर्ने गरेको छ । हालसम्म ७७ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरु क्लियरिङ हाउसको सदस्य बनेका छन् ।

नयाँ ब्यबस्था साउनदेखि लागु हुने र असारसम्म भने हाल कायम रहेको कारोबार शुल्क रु. २ देखि रु. १ सय नै रहने क्लियरिङ हाउसले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved