४८ जिल्लामा दश हजारभन्दा बढी वाणिज्य फर्म दर्ता,सुर्खेतमा मात्रै ९२४ फर्म दर्ता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 06, 2017 | 10:37:40 PM मा प्रकाशित

laxmi  sunrise bank

देशका ४८ जिल्लामा १० हजार वाणिज्य फर्म दर्ता भएको छ । घरेलु तथा साना उद्योग विकास समितिले काम गर्दै आएका ४८ जिल्लामा चालू आवको जेठ मसान्तसम्म १० हजार १०७ वाणिज्य उद्योग दर्ता भएका हुन् ।

दर्ता भएका फार्ममध्ये सबैभन्दा धेरै सुर्खेतमा ९२४ र सबैभन्दा थोरै मनाङमा पाँच फर्म दर्ता भएका छन् । उक्त दर्ताबाट समितिले रू‍ एक करोड नौ लाख ३३ हजार ५६० राजस्व सङ्कलन गरेको छ । 

समितिका निमित्त कार्यकारी निर्देशक सुरेन्द्रकुमार थापामगरले औद्योगिक विकासको आधारशीला लघु, घरेलु तथा साना उद्योग भएकाले यसको विकास र विस्तारका लागि फर्म दर्ता क्रम बढेको बताए । यस्तै, समितिमा आठ हजार ३५५ वाणिज्य फर्म नवीकरण भएका छन् ।समितिले वाणिज्य फर्म नवीकरणबाट रू‍ दुई करोड १४ लाख ७४ हजार ३८४ राजस्व सङ्कलन गरेको छ । रासस

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved