सिंहदरबार र राष्ट्रपति भवनमा ‘ब्याट्री स्टोरेज’ राख्ने कुलमान घिसिङको योजना

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 08, 2017 | 07:23:59 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बिद्युत प्राधिकरणले सिंहदरबार र राष्ट्रपति भवनका लागि ५ देखि १० मेगावाटसम्मको ‘ब्याट्री स्टोरेज’ राख्ने तयारी गरेको छ। शनिबार बानेश्वरमा आयोजित एक कार्यक्रममा बोल्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुरक्षा उक्त क्षेत्रमा ‘ब्याट्री स्टोरेज’ राख्ने तयारी गरिएको जानकारी दिएका हुन। 

प्रशारणलाइनमा समस्या र ट्रान्सर्फमर पड्कँदा समय-समयमा अत्यन्त संवेदनशील सिंहदरबार र राष्ट्रपति भवन लाइन जाने भएकाले ‘ब्याट्री स्टोरेज’ राख्ने तयारी गरिएको हो।        

त्यस्तै ठूलो क्षमताका ब्याट्रीको स्टोरेज परीक्षण गर्न एउटा दूर्गम गाउँमा पनि यस्तै ब्याट्री बैंक राख्ने योजना अघि सारिएको घिसिङले बताए। तर कुन जिल्लाको कुन गाउँमा राख्ने भन्ने हालसम्म तय नभएको उनको भनाई छ। घिसिङले यस योजना अगाडी बढाउनका लागि अहिले एसियाली बिकास बैंकसँग छलफल चलिरहेको जानकारी दिए। 

के हो ब्याट्री स्टोरेज ?

ब्याट्री स्टोरेज भनेको बिजुली नहुँदा मोवाईल चार्जका लागि प्रयोग गरिने पावर बैंकको एउटा ठुलो रुप हो। जसरि बिजुली उपलब्ध नहुँदा आपतकालीन अवस्थामा पावर बैंकको प्रयोग गरि मोबाइल चार्ज गरिन्छ। ठिक त्यसै गरि बर्षायाममा बढी उत्पादन भएको बिजुली संकलन गरि हिउँदयाममा कम बिजुली हुँदाको अवस्थामा प्रयोग गर्न ब्याट्री स्टोरेज बनाउने काम गरिन्छ। 

कुलमान घिसिङका अनुसार वर्षायाममा नदीको बहाब उच्च हुँदा बिजुलीको उत्पादन मागभन्दा बढी हुन्छ, र खेर गइरहेको छ । सोहि खेर जाने बिद्युतलाई ब्याट्री बैंकमा जम्मा गर्ने र सुख्खायाममा उपयोग गर्न विद्युत प्राधिकरणले ब्याट्री स्टोरेजको व्यवस्था गर्न लागेको हो।       


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved