राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गर्दै

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 09, 2017 | 10:58:29 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ। चालु आर्थिक बर्षमा उत्पन्न भएका वित्तीय असन्तुलनलाई व्यवस्थापन गर्ने गरि अपरान्ह १ बजे ह्यात होटलमा आयोजना हुने कार्यक्रममा गभर्नर डा. चिरन्जिवि नेपालले आगामी आर्थिक बर्षको लागि मौद्रिक नीति सार्वजनिक गरिने जनाइएको छ।

चालु आर्थिक बर्षमा कर्जा, तरलता र ब्याजदरमा आएको उतारचढाबबाट वित्तीय क्षेत्रमा सिर्जना भएको असन्तुलित अवस्थालाई सम्बोधन गर्ने गरि नै मौद्रिक नीति ल्याइने राष्ट्र बैंक स्रोतले जनाएको छ। 

नेपाल संघियतामा गईसकेपछी सरकारले संघिय संरचना अनुसार जेठ १५ मा ल्याएको बजेटमा भएका कार्यक्रमलाई सम्बोधन हुने गरि नै मौद्रिक नीति ल्याइने भएको छ। सरकारले बजेटमार्फत स्थानीय तहमा सरकारको कारोबार गर्न बैंकहरुलाई स्थानीय तहमा लैजाने कार्यक्रम ल्याएको हो। सरकारले प्रत्येक स्थानीय निकायमा कम्तिमा एउटा वाणिज्य वैंकको शाखा पुर्‍याउन निर्देशन दिईसकेको छ ।

त्यस्तै राष्ट्र बैंकले कर्जा र निक्षेप अनुपात सिसिडी अनुपात बढाउने र बिगत ५ वर्षको कर्जा र निक्षेप  बीचको व्याजदर अन्तरलाई घटाउने गरि मौद्रिक नीति ल्याउने जनाइएको छ।     


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved