राष्ट्र बैंकले लियो कठोर कदम, एनसेललाई लाभांश लैजान रोक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 10, 2017 | 06:51:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले एनसेललाई लाभांश र अन्य रकमको भुक्तानी लैजान रोक लगाएको छ। राष्ट्र बैंकले एनसेलको स्वामित्वकर्ता कम्पनी रेनोल्ड होल्ड़ीङ लिमिटेडका तत्कालिन अन्तर्निहित स्वामित्वकर्ता कम्पनी टेलिया कम्पनी र हालको स्वामित्वकर्ता कम्पनी एक्जीएटालाई लाभांश वा अन्य कुनै रकम नेपाल बाहिर भुक्तानी नपठाउन निर्देशन दिएको हो। 

नेपाल राष्ट्र बैंकका कायम मुकायम कार्यकारी निर्देशक सुनिल उदाशले ठुला करदाता करदाता कार्यालयबाट एनसेलको लाभांश र अन्य रकमको भुक्तानी रोक्नका लागि अनुरोध आएकाले यस्तो निर्देशन दिइएको बताए। उनले एनसेल लगायत अन्य नेपाली व्यक्ति तथा संस्थाबाट एनसेलका कुनै पनि स्वामित्वप्राप्त कम्पनीले पाउनु पर्ने रकम भुक्तानी रोक्का राख्न पनि निर्देशन दिएको जानकारी दिए। 

राष्ट्र बैंकले बिदेशि बिनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ११ ले दिएको अधिकार प्रयोग गरि एनसेलका स्वामित्वकर्ता कम्पनीलाई बिदेशी मुद्राको सटही सुविधा नगराउन सम्बन्धित निकायलाई निर्देशन दिएको हो।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved