महानिर्देशक शर्मालाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश, हिरासतमा राख्नुको कारण माग

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 12, 2017 | 03:56:58 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोच्च अदालतले भ्रष्ट्राचार अभियोगमा पक्राउ परेका आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई आगामी शुक्रबार अदालतमा पेश गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नाममा आदेश दिएको छ । साथै उनलाई  थुनामा राख्नुको कारण माग गरेको छ ।

गैह्रकानुनी रुपमा हिरासतमा राखेको भन्दै शर्माकी श्रीमती कल्पना उप्रेतीले विशेष अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतलाई विपक्षी बनाई दायर गरेको  बन्दीप्रत्यक्षीकरणको रिटमा न्यायाधीश पुरुषेत्तम भण्डारीको एकल इजलाशले यस्तो आदेश दिएको हो । 

अख्तियारके तत्कालीन कर फछ्र्याैट आयोगको सदस्य सचिवकै हैसियतमा अनियमित तरिकाले कर छुट दिएको शर्मामाथि अनुसन्धान गरिरहेको छ । आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र उमेश ढकाल भने फरार छन् । 

 
अख्तियारले ३ अर्ब रुपैयाँ धरौटीमा छाड्ने भने पनि धरौटी नुबझाए पछि शर्मा हिरासत मै छन् । सर्वोच्चमा दायर रिटमा अख्तियारले मागेको धरौटी रकमसमेत अुनचित रहेको दावी गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved