एनसेल कर प्रकरण: क्रेता र बिक्रेताको करको दायित्व निर्धारण गरी असुल गर्न लेखा समितिको निर्देशन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 13, 2017 | 12:59:16 PM मा प्रकाशित

laxmi  sunrise bank

ब्यबस्थापिका संसदको सार्बजनिक लेखा समितिले एनसेल कम्पनीको स्वामित्व खरिद बिक्रि हुँदा तिर्नु पर्ने बाँकी कर छिटो असुल गर्न निर्देशन दिएको छ । समितिले आज अर्थ सचिव शान्ताराज सुबेदीलाई बोलाएर कर निर्धारण र असुल उपर सम्बन्धमा भएको प्रगति बारे जानकारी लिएको थियो ।’

सचिव सुबेदीले एनसेलले तिन्रु पर्ने कर जरिवाना र ब्याजसहित ६० अर्ब ७१ करोड हुने गरी निर्धारण गरिएको जानकारी दिएका थिए । उनले बिक्रेता टेलियाको नाममा कर निर्धारण गरिएको जानकारी दिएका हुन् ।

एनसेलले पेस गरेको विवरणअनुसार ३५ अर्ब ९१ करोड रुपैयाँ पुँजीगत लाभकर र समयमै कर नतिरेका कारण थप शुल्क (जरिवाना), ब्याजसहित अब उसले ६० अर्ब ७१ करोड रुपैयाँ कर निर्धारण भएको हो। जस मध्ये एनसेलले २३ अर्ब ५७ करोड तिरिसकेको छ  ।

समितिले कर क्रेताबाट लिने कि बिक्रेताबार लिने भन्ने बिषयमा पनि अन्योल भएकोले खरिद गर्नेले कति र बिक्रि गर्नेले कति कर तिर्नु पर्ने हो, सो समेत उल्लेख गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । 

समयमै कर असुल गर्न नसकिए एनसेलकै प्रमुखलाई बोलाएर छलफल गर्ने बैठकले निर्णय गरेको छ । बैठकले क्रेता र बिक्रेताले कर नतिरेको खण्डमा एनसेल बाटै कर असुल गर्न पनि निर्देशन दिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved