कर फर्छ्यौट आयोग पदाधिकारीबिरुद्द शुक्रबार ११ अर्ब रुपैयाँको भ्रष्टाचार मुद्दा दायर हुने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 13, 2017 | 06:01:45 PM मा प्रकाशित

laxmi  sunrise bank

आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा सहित कर फर्छ्यौट आयोग पदाधिकारीबिरुद्द ११ अर्ब रुपैयाँ भ्रष्टाचारको आरोपसहित विशेष अदालतमा मुद्दा दायर हुने भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फर्छ्यौट आयोगका ३ पदाधिकारी विरुद्ध १० अर्ब ९६ करोड रुपैयाँको भ्रष्टाचार मुद्दा बिगो माग दाबीसहित दर्ता गर्ने निर्णय गरेको हो ।  अख्तियार श्रोतका अनुसार शुक्रबार बिहान  विशेष अदालतमा मुद्दा दायर हुने छ ।  

अख्तियारले आयोगका अध्यक्ष लुमध्वज महत, सदस्य उमेश ढकाल र सदस्य सचिव तथा आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई विपक्षी बनाएको छ । 

कर फर्छ्यौट आयोग २०७१ मार्फत भ्रष्टाचार गरेको अभियोगमा ३५ दिन अघि शर्मालाई अख्तियारले पक्राउ गरेको थियो। आयोगका अन्य २ सदस्य भने फरार छन् ।  

कर फर्छ्यौट आयोगले ३० अर्ब रुपैयाँ कर फर्छ्यौट गर्दै २१ अर्ब रुपैयाँ हाराहारी व्यवसायीलाई छुट दिएको थियो।यसमा महालेखा परिक्षकको कार्यालयले प्रश्न उठाएपछि अख्तियारले छानविन थालेको थियो। अख्तियारले हालसम्म १०७९ मध्ये करिब ५० वटा मात्रै फाइल हेरेको बताएको छ ।  

शर्माकी श्रीमती कल्पना उप्रेती शर्माले मंगलबार सर्बोच्च अदालतमा बन्दी प्रत्यक्षिकरणको रिट दायर गरेकी थिइन्। सर्बोच्चले बुधबार त्यसमा कारण देखाउ आदेश जारी गर्दै शुक्रबार शर्मालाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved