निलम्बित महानिर्देशक शर्माको मुद्दा अघि नबढाउन सर्बोच्चको आदेश, पूर्ण इजलासले फैसला गर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 19, 2017 | 04:54:43 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोच्च अदालतले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माविरूद्ध विशेष अदालतमा दायर भएको मुद्दा यथास्थितिमा राख्न आदेश दिएको छ ।  शर्माको बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र चोलेन्द्रशमशेर जबराको इजलाशले विशेष अदालतमा दायर भएको मुद्दा तत्काललार्इ अगाडि नबढाउन अादेश दिएको हो । इजलाशले शर्माको बन्दी प्रत्यक्षीकरण मुद्दालार्इ पूर्ण इजलाशमा पठाउने निर्णय गर्दै पूर्ण इजलाशको अादेश नअाएसम्म विशेष अदालतमा दायर मुद्दा यथास्थितिमा राख्नआदेश दिएको हो । 

अख्तियार दुरूपयोग अनुसन्धान अयोगले विशेष अदालतमा  शर्मासहित तीन जनाविरुद्ध १० अर्बभन्दा बढी भ्रष्टाचार गरेको अभियोगसहित मुद्दा दायर गरेको छ  । विशेष अदालतमा शर्मासँगै कर फछ्र्योट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध १० अर्ब २ करोड १९ लाख ८२४ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर भएको हो । 

अख्तियारले शर्मालाई गत जेठ १९ मा नियन्त्रणमा लिएको थियो । उनी हिरासतमा छन् भने महत र ढकाल फरार छन् ।  अदालतले शर्मालाई पूर्ण इजलासले निर्णय नगरुन्जेल अख्तियारकै हिरासतमा राख्न पनि आदेश दिएको छ ।


शर्मालार्इ गैरकानुनी रुपमा थुनामा राखेको भन्दै शर्माकी श्रीमती कल्पना उप्रेतीले थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved