दुबईस्थित भास्को वर्ल्डवाइडको सेवा अब नेपालमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 21, 2017 | 09:06:44 PM मा प्रकाशित

laxmi  sunrise bank

भास्को वर्ल्डवाइडले नेपालमा पनि आफ्नो सेवा सुरुवात गर्ने भएको छ। यस अघि आफ्नो सेवा मिडल इष्ट, युरोप, नर्थ अमेरिका र एसिया प्यासिफिकमा प्रदान गर्दै आईरहेको दुबईस्थित भास्को वर्ल्ड वाइडले नेपालमा पनि आफ्नो सेवा सुरुवात गरेको हो। 

भास्को वर्ल्ड वाइडको नेपालस्थित कार्यालयले ट्राभल इन्स्योरेन्स, ट्राभल लाइफ स्टाइलको सम्पूर्ण सेवा एकै ठाउँबाट प्रदान गर्नेछ। ट्राभल इन्स्योरेन्स भईपरी आउने सुरक्षा र सुरक्षित यात्राको लागि भएको हुँदा भास्को वर्ल्डवाइडले नेपाल स्थित आफ्नो कार्यालयबाट अन्तर्राष्ट्रिय संस्थासँग साझेदारी गरी ट्राभल प्रदान गर्ने कम्पनीले जनाएको छ।

भास्को वर्ल्डले आफ्ना ग्राहकले ट्राभल गर्दा चाहिने आवश्यक सबै प्रकारका कागजपत्र तथा सेवाहरु यात्रुलाई उपलव्ध गराउने कम्पनीले जनाएको छ।     

यस कम्पनीले आफ्नो सुरुवातको दिनदेखि यात्रुलाई सम्पूर्ण ट्राभलसँग सम्बन्धित जानकारी तथा सेवाहरु आफ्नो साझेदारी संस्थासँग आवद्ध भई प्रदान गर्दै आईरहेको छ।

कम्पनीले ललितपुरको लगनखेलस्थित एकाडेमी अफ कुलनेरी आर्ट विल्डिङ्गमा आफ्नो कार्यालयको स्थापना गरेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved