यति एयरको पहिलो एटिआर जहाज काठमाडौं आइपुग्यो, नेपाली आकाशमा थप ९ जहाज थपिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 22, 2017 | 05:15:50 PM मा प्रकाशित

laxmi  sunrise bank

आन्तरिक उडान गर्नका लागि जहाज थप्ने प्रतिस्पर्धालाई पछ्याउदै यति एयरलाइन्सले पहिलो पटक एटिआर जहाज खरिद गरी काठमाडौं ल्याएको छ। यती एयरलाइन्सले सिंगापुरको कम्पनी नर्डिक एभिएसन क्यापिटलसँग जहाज खरिद गरेको हो। 

कम्पनीले फ्रान्सको जहाज निर्माता कम्पनी एटिआरमा निर्मित ७२ सिटे एटिआर ७२–५०० एक अर्बको लगानीमा किनेको हो।एटिआर खरिदसंगै यतीको जहान संख्या ७ पुगेको छ। 

'यतीले यही आर्थिक बर्षभित्र ३ वटा जहाज खरिद गर्ने योजना अन्तर्गत पहिलो जहाज आज काठमाडौं आइपुगेको हो' यति एयरलाइन्सका म्यानेजर भिमराज राईले बताए। अर्को एटिआर एक माहिना पछि ल्याउने राईले बताए।   


यति एयरले आज भित्र्याइएको एटिआरलाई विराटनगर, भैरहवा, नेपालगंज र भद्रपुर उडाउने र त्यहाँ उड्दै आएका जहाजलाई जनकपुर, भरतपुर, पोखरा लगायतका क्षेत्रको उडानमा जोड दिने जनाएको छ। हाल यतीले बेलायतमा निर्मित ३० सिट क्षमतायुक्त जेटस्ट्रिम–४१ सिरिजका ६ वटा जहाज संचालन गरिरहेको छ। 

त्यस्तै बुद्द एयरसंग यती एयरले भित्र्याएको जस्तै एटिआर जहाज ४ वटा छ। बुद्धले २ वटा सिआरजे-२०० जहाज थप्ने योजना बनाएको छ। यता सिता एयरले २ थान डोर्नियर, श्री एयरलाइन्सले २ वटा जेट सिआरजे-२००, सौर्य एयरलायन्सले १ वटा जेट सिआरजे-२०० र नेपाल वायुसेवा निगमले २ थान चिनियाँ जहाज थप्ने योजना बनाएका छन।

          


  


 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved