नयाँ ऐन बनाउने तयारीमा सहरी विकास मन्त्रालय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 25, 2017 | 10:01:07 PM मा प्रकाशित

laxmi  sunrise bank

सहरी विकास मन्त्रालयले नयाँ ऐन निर्माणको तयारी थालेको छ। बागमती लगायतका नदिहरुको संरक्षण र विकासका लागि नयाँ ऐन आवश्यक रहेको भन्दै ऐन बनाउने तयारी गरिएको सहरी विकास मन्त्रालयले जानकारी दिएको छ। 

यसै सन्दर्भमा मंगलबार सहरी विकास मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै सहरी विकास मन्त्रीप्रभु साहले (ऐन)निर्माण गर्नका लागि ५ सदस्सिय समिति निर्माण गर्ने बताए।

अधिकार सम्पन्न बागमति सभ्यता एकीकृत विकास समितिका सदस्य सचिव ज्योतिकुमार श्रेष्ठको संयोजकत्वमा यस्तो ड्राफ्ट निर्माण समिति गठन गरिने भएको छ। उक्त समितिमा सहरी विकास मन्त्रालयका उपसचिव (कानून), समितिका सदस्य विरेन्द्र थपलियातथा डा. राजु अधिकारी (बागमति सफाई अभियान्ता) १ जना सदस्य रहने गरी समिति निर्माण गरिने बताइएको छ। उक्त विधेयक निर्माण समितिको सदस्य सचिवमा अधिकार सम्पन्न बाग्मति सभ्यता एकीकृत विकास समितिका सि.डि.इ. योगेन्द्र चित्रकार रहने  बुझिएको छ ।

'समिति नाममा अधिकार सम्पन्न भएपनि काममा नभएकाले त्यसलाई कानुनि रुपमा सक्षम बनाउनु पर्नेमा जोड दिनुपर्छ' मन्त्री शाहले भने।  मन्त्री शाहले बागमती नदिमा धेरै ठाउँमा समस्या रहेको भन्दै त्यसलाई समन्वयात्मक रुपमा एकीकृत प्रयासका साथ अघि बढाउनु आवश्यक रहेको उल्लेख गरे। शाहले बागमतीमा पानीको बाहव कसरी बढाउने ?, पानीको सफाई कसरी गर्ने ? जस्ता पक्षमा समेत ध्यानदिनुपर्ने तथा बागमति  सफाई अभियानलाई प्रविधिसंग जोड्नु आवश्यक रहेको बताए।  



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved