उद्योग व्यवसायीले मुख्यसचिवलाई भने, ‘व्यापारीलाई थुन्ने होइन, सुन्ने हो’

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 26, 2017 | 12:55:51 PM मा प्रकाशित

laxmi  sunrise bank
उद्योग व्यवसायीहरुले बजार अनुगमनपछी व्यवसायीहरुलाई पहिला थुन्ने नभई उनीहरु कुरा सुन्ने हुनुपर्ने माग राखेका छन। पाल चेम्वर अफ कमर्सको प्रतिनिधिमण्डले मुख्यसचिव राजेन्द्र किशोर क्षेत्रीसँंग सिंहदरवारमा भेटघाट गरी बजार अनुगमनको नाममा उद्योगी व्यवसायीहरुलाई त्रसित पार्ने काम भइरहेको जानकारी गराएका हुन।   
चेम्वरका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलका सदस्यहरुले बजार अनुगमनपछि व्यापारीहरुलाई थुन्ने होइन, सुन्ने काम गर्नुपर्ने बताए । अध्यक्ष श्रेष्ठले बजार अनुगमनका नाममा व्यवसायीहरुलाई त्रसित पार्ने काम भइरहेको बताए । 
'गल्ती गरे कारबाही गर्नुपर्छ भन्ने पक्षमा हामी पनि छौं तर गल्ती नै नगरी थुन्ने काम भने गर्नुहुँंदैन । पहिला उनीहरुको कुरा सुन्नुपर्छ, अनि मात्रै कारबाही प्रक्रिया अगाडि वढाउनुपर्छ' अध्यक्ष श्रेष्ठले भने। 
उनले हालै मात्रै प्लाष्टिकको चामल बेचेको आरोपमा एकजना व्यापारीमाथि अन्याय परेको बताए । उनले भने, चामल भन्दा प्लाष्टिक धेरै महँंगो छ , यसो हुँंदा कसले घाटा खाएर यो काम गर्छ ? तर कुनै अध्ययन अुनसन्धान नै नगरी कारबाही प्रक्रिया अगाडि वढाइयो ।
भेटघाटमा मुख्य सचिव क्षेत्रीले प्रतिनिधिमण्डलले उठाएका विषयप्रति आफू सकारात्मक रहेको बताए । उनले चेम्वर प्रतिनिधिमण्डलले राखेको विषयमा आफू सकारात्मक रहेको बताए ।
भेटघाटमा चेम्वरका वरिष्ठ उपाध्यक्ष लोकमान्य गोल्छ, दितिय उपाध्पयक्ष राजेन्द्र मल्ल, सचिवद्धय देवेन्द्रभक्त श्रेष्ठ, सन्तोषकुमार पाण्डेलगायत कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved