राजस्वका निलम्बित महानिर्देशक चूडामणि शर्माको मुद्दामा बृहद इजलासमा सुनुवाई हुदै

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 27, 2017 | 11:49:01 AM मा प्रकाशित

laxmi  sunrise bank

 आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माको मुद्दामा आज बिहिबार सर्बोच्च अदालतको पूर्ण इजलासमा बहस हुदै छ । आज  न्यायधिसहरु दिपकराज जोशी, दिपक कुमार कार्की,केदार प्रसाद चालिसे, सरदा प्रसाद घिमिरे र अनिल कुमारसिंहको पूर्ण बृहद इजलाशमा बहस हुन् लागेको हो  

यस अघि गत बुधबार यहि बेन्चले विशेष अदालतबाट सम्पूर्ण मिसिल झिकाउने आदेश दिएको थियो । विशेष अदालतमा पनि मुद्दा चलिरहेकाले त्यहाँबाट फाइल मगाउने निर्णय गरेर बुधबारको सुनुवाइ स्थगित गरिएको थियो 


अख्तियार दुरूपयोग अनुसन्धान अयोगले विशेष अदालतमा शर्मासहित तीन जनाविरुद्ध १० अर्बभन्दा बढी भ्रष्टाचार गरेको अभियोगसहित मुद्दा दायर गरेको छ  । अयोगले शर्मालाई  गत जेठ १९ मा नियन्त्रणमा लिएको थियो । 

शर्मालार्इ गैरकानुनी रुपमा थुनामा राखेको भन्दै शर्माकी श्रीमती कल्पना उप्रेतीले थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।   

यस अघि शर्माको बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र चोलेन्द्रशमशेर जबराको इजलाशले विशेष अदालतमा दायर भएको मुद्दा तत्काललार्इ अगाडि नबढाउन अादेश दिएको थियो। इजलाशले शर्माको बन्दी प्रत्यक्षीकरण मुद्दालार्इ पूर्ण इजलाशमा पठाउने निर्णय गर्दै पूर्ण इजलाशको अादेश नअाएसम्म विशेष अदालतमा दायर मुद्दा यथास्थितिमा राख्न आदेश दिएको थियो । 

 विशेष अदालतमा शर्मासँगै कर फछ्र्योट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध १० अर्ब २ करोड १९ लाख ८२४ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर भएको हो । महत र ढकाल भने अझै फरार छन् ।  अदालतले शर्मालाई पूर्ण इजलासले निर्णय नगरुन्जेल अख्तियारकै हिरासतमा राख्न पनि आदेश दिएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved