गत आर्थिक बर्ष सबै भन्दा बढी कर तिर्नेमा एनसेल पहिलो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 27, 2017 | 11:13:29 PM मा प्रकाशित

laxmi  sunrise bank

निजी क्षेत्रको दूरसंचार सेवाप्रदायक एनसेल गत आर्थिक बर्षमा सबै भन्दा बढी कर तिर्ने कम्पनीमा एक नम्बरमा परेको छ। एनसेलले गत आर्थिक बर्ष १४ अर्ब ५८ करोड रुपैयाँ कर तिरेको अर्थमन्त्रालयले जनाएको छ। 

अर्थमन्त्रालयका अनुसार गत आर्थिक बर्षमा एनसेलले बुझाएको करमा एनसेलले टेलियाको तर्फबाट तिरेको पुंजीगत लाभकर अर्थात अग्रिम कर कट्टीको बाँकी १३ अर्ब ६० अर्ब रुपैयाँ समावेश गरिएको छैन। दुवै जोड्ने हो भने एनसेलले सरकारलाई गत आर्थिक बर्ष तिरेको कर २८ अर्ब १८ करोड पुग्छ।     

एनसेलको सेयर स्वामित्वमा परिवर्तन पश्चात एनसेलले अघिल्लो आर्थिक बर्ष ९ अर्ब ९६ करोड अग्रीम कर कट्टी गरि बुझाएको थियो। तर पछी ठुलो करदाताले उक्त रकम अपुग भएको निर्क्यौल गरेपछि गत आर्थिक बर्ष एनसेलले कर कट्टी बापत थप १३ अर्ब ६० करोड बुझाएको थियो ।

त्यस्तै नेपाल टेलिकमलाई उछिन्दै उत्पादन मुलक उद्योग क्षेत्रको सबै भन्दा ठूलो करदाता सूर्य नेपाल दोस्रो ठूलो करदाता भएको छ। सुर्य नेपालले गत आर्थिक बर्ष १४ अर्ब ९ करोड कर तिरेको छ भने नेपाल टेलिकमले १३ अर्ब ४८ करोड तिरेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved