कोषद्वारा करीब ८५ अर्ब ५० करोड लगानी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 02, 2017 | 04:47:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक लगानी कोषमा गत असार मसान्तसम्म सरकारी तथा गैरसरकारी संस्था गरी ४७ हजार ९२५ आबद्ध छन् ।ती कार्यालयका ६ लाख ८ हजार ८४९ कर्मचारीबाट अहिलेसम्म ९३ अर्ब ५३ करोड ६२ लाख रुपैयाँ संकलन भएको छ । 

गत असार मसान्तसम्ममा कोषले ८५ अर्ब ५० करोड ४९ लाख लगानी गरेको छ । कोषले गरेको लगानीमध्ये ऋणपत्रमा एक अर्ब ८० करोड ९३ लाख रुपैयाँ, बैंक तथा वित्तीय संस्थामा ५७ अर्ब ९९ करोड रुपैयाँ निक्षेप संकलन भएको छ भने कर्जामा छ अर्ब ५७ करोड रुपैयाँ, संगठित संस्थाको शेयर धितोमा चार अर्ब दुई करोड ४८ लाख रुपैयाँ र सहभागी सापटी तथा आवास कर्जामा १५ अर्ब ११ करोड २ लाख रुपैयाँ रहेको कोषका सूचना अधिकृत उद्धव सिलवालले जानकारी दिए ।

उनका अनुसार आव २०७३÷७४ मा कोषबाट रकम भुक्तानी लिने सहभागीको संख्या ५९ हजार १६० छ भने दैनिक ८७८ जनाले सेवा लिने गरेका छन् । रासस

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved