नेपालको पुनर्निर्माणलाई विश्वले हेरिरहेको छ, परिणाम मुखी भएर काम गर्नुहोस: मन्त्री शाह

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 06, 2017 | 10:07:53 PM मा प्रकाशित

laxmi  sunrise bank

शहरी बिकास मन्त्री प्रभु शाहले नेपालमा जारी पुनर्निर्माणलाई बिश्वले हेरिरहेको बताए। साउन २२ गते सहरी विकास मन्त्रालय अन्तर्गत केन्द्रिय आयोजना कार्यन्वयन इकाईको गत आर्थिक बर्षको प्रगती समिक्षा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री शाहले यस्तो बताएका हुन।

भूकम्पपछीको पुननिर्माणसंग नेपालको प्रतिष्ठा गाँसिएको बताउदै मन्त्री शाहले भने ‘हाम्रो पूननिर्माणलाई विश्वले हेरिरहेको छ, त्यसैले हामी सफल हुनुको विकल्प छैन।'

२०७२ वैशाख १२ गते गएको विनासकारी भूकम्पमा परी नेपालका ऐतिहाँसिक तथा पुरातत्विक महत्वका सम्पदाका साथसाथै ठूलो संख्यामा निजी तथा आवासीय भवन ध्वस्त भएका थिए। भूकम्प पछि नेपालको पूननिर्माणमा विश्वभरको ध्यानाकर्षण भएको छ।

सरकारको प्रमुख प्राथमिकता पूननिर्माण भएको उल्लेख गर्दै मन्त्री शाहले यस कार्यलाई सफलपार्ने गरी आफू अगाडि बढ्ने बताए। नेपालको पूननिर्माणको कार्य सफल पार्नुको विकल्प नरहेको उल्लेख गर्दै उनले यो विषयसंग नेपालको सक्षमता र प्रतिष्ठा समेत जोडिएर आउने भएकाले संवेदनशिल र प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिए।   

मन्त्री शाहले समीक्षाबाट जुन स्तरको प्रगति हुनुपर्ने हो त्यो नभएको स्पष्टै देखिएको उल्लेख गर्दै समन्वयमा मुख्य समस्या देखिएको उल्लेख गरे।भूकम्प पछिको पूननिर्माणमा लाभग्राही जत्तिकै प्राविधिक पनि उत्तरदायी हुनु पर्ने बताए।  प्रभावित लाभग्राहीहरुका कारण मात्रै होइन प्राविधिकका निरन्तरको अनुगमनको अभावका कारण पनि मापदण्ड विपरित घर बन्ने गरेको उनको भनाई छ।  

‘घर धनीले गल्ति गर्यो भने अनुदान रकम पाउँदैन तर प्राविधिक घर निर्माणको समयमा अनुगमन गर्न गएन, निर्माण कार्य रोक्न दबाब दिन गएन भने उसको उत्तरदायीत्व हुन्छ कि हुँदैन ?’ मन्त्री साहले प्रश्नगर्दै भने।  

आफूले परिणाम चाहेको उल्लेख गर्दै उनले सहभागिहरुलाई परिणाम मुखी भएर कामगर्न निर्देशन दिए। ‘हामीले चाहेको परिणाममुखी प्रगति हो’ उनले भने। पूननिर्माणमा खटिएका निकायबीचको प्रभावकारी समन्वयको आवश्यकता औल्याउंदै मन्त्री शाहले नीतिगत समस्यालाई माथिबाट हल गरिने बताए।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved