आयल निगमले बढायो ‘सिङ्केज लस’ को क्षतिपूर्ति, उपभोक्तालाई कुनै आर्थिक व्ययभार नपर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 11, 2017 | 12:47:59 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगमले तेलको वितरण रोकेर आन्दोलनमा उत्रिएका ब्यवसायीको माग सम्बोधन गरेको छ। आयल निगमले पेट्रोलियम ढुवानी गर्दा हुने प्राविधिक क्षति ‘सिङ्केज लस’ को क्षतिपूर्ति बढाउने निर्णय गरेको हो।

निगमको बिहिबार बेलुका बसेको बैठकले व्यवसायीलाई साविकमा दिइरहेको सिङ्केज लसको क्षतिपूर्ति बढाउने निर्णय गरेको हो । जस अनुसार निगमले पेट्रोलमा प्रति ४,००० लिटरमा थप १० (दश) लिटर तथा डिजेलमा प्रति ४,००० लिटरमा थप ३ (तीन) लिटर उपभोक्तालाई कुनै आर्थिक व्ययभार नपर्ने गरी क्षतिपूर्ति बढाउने निर्णय गरेको छ  । 

अब हाल प्रति चार हजार लिटर पेट्रोलमा दिइँदै आएको सिङ्केज लसको क्षतिपूर्ति ३५ लिटरबाट १० लिटर बढेर ४५ लिटर पुगेको छ । त्यस्तै, प्रति चार हजार लिटर डिजेलमा हाल दिइँदै आएको क्षतिपूर्ति २४ लिटरबाट बढेर २७ लिटर पुगेको छ  ।

निगमले क्षतिपूर्ति बढाएपनि व्यवसायीले भने यस सम्बन्धमा कुनै प्रतिक्रिया दिएका छैनन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved