रोजगारीको लागि कतार र साउदी जानेको संख्या घट्यो, रेमिट्यान्समा सुधार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 21, 2017 | 07:24:45 PM मा प्रकाशित

laxmi  sunrise bank

बैदेशिक रोजगारीमा जानेहरुको संख्यामा कमि आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनीक गरेको तथ्यांक अनुसार अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्ष बैदेशिक रोजगारीमा जानेको संख्यामा ४ दशमलब ७० प्रतिशतले कमि आएको छ।

अघिल्लो आर्थिक बर्षको यस अवधिमा विदेश जानेको संख्यामा १८ दशमलब ४० प्रतिशतले घटेको थियो। समिक्षा अवधिमा मलेसिया , युएई र कुवेत जाने कामदारको संख्या वृद्धी भएपनि साउदी अरब र कतार जानेको संख्यामा कमी आएको छ।

अघिल्लो आर्थिक बर्ष बैदेशिक रोजगारीमा जानेको संख्या ४ लाख १८ हजार ७१३ रहेकोमा गत आर्थिक बर्ष यो संख्या घटेर ३ लाख ९८ हजार ९७८ पुगेको छ। अघिल्लो आर्थिक बर्षको तुलनामा १९ हजार ७३५ ले कमी आएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।


बैदेशिक रोजगारीमा जानेको संख्यामा कमि आएपनि गत आर्थिक बर्षमा विप्रेषण (रेमिट्यान्स) भने बढेको छ। रेमिटान्स ४ दशमलब ६ प्रतिशतले बढेर ६ खर्ब ९५ अर्ब ४५ करोड पुगेको छ। अघिल्लो बर्ष यो दर ७.७ प्रतिशतले वृद्धि भएको थियो।   

अघिल्लो आर्थिक बर्ष रेमिट्यान्स आप्रवाह कुल ग्राहस्थ उत्पादन अनुपात २९ दशमलब ६० प्रतिशत रहेकोमा गत आर्थिक बर्ष २६ दशमलब ८० प्रतिशत रहेको छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved