माथिल्लो त्रिशुली थ्री बीको विद्युत खरिद सम्झौता, कसको कति लगानी ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 23, 2017 | 03:26:30 PM मा प्रकाशित

laxmi  sunrise bank

३७ मेगावाटको माथिल्लो त्रिशूली थ्री बी जलविद्युत आयोजनाको विद्युत खरीद  विक्री सम्झौता (पीपीए) भएको छ । नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमको मूख्य लगानीमा निर्माण हुन लागेको आयोजनको आज बुधबार पिपिए सम्झौता भएको हो 

नेपाल बिद्युत प्राधिकरण र आयोजनाको प्रर्वद्धक त्रिशूली जलविद्युत कम्पनीबीच पिपिएमा हस्ताक्षर भएको हो। प्राधिकरणकातर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक मोहनप्रसाद गौतमले पिपिएमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार आयोजनाबाट सुख्खायाममा (मंसिर १६ देखि जेष्ठ १५ सम्म) उत्पादन हुने १३४ दशमलव ८८ गिगावाट घण्टा र वर्षायाममा  (जेठ १६ देखि मंसिर १५ सम्म) उत्पादन हुने १५७ दशमलव ७१ गिगावाट घण्टा विद्युत नेपाल विद्युत प्राधिकरणले खरिद गर्नेछ । पीपीए दर वर्षायाम र सुख्खायाममा प्रति युनिट क्रमश ः ४ रुपैयाँ ८० पैसा र ८ रुपैयाँ ४० पैसा रहेको छ ।  ३६ महिनाभित्रमा सक्ने लक्ष्य लिइएको आयोजनाको निर्माण आगामी पुसबाट सुरु हुने छ ।

 आयोजनामा प्राधिकरण तथा नेपाल टेलिकमको ३०/३० प्रतिशत, रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत शेयर रहने छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved